तत्काल संविधान संशोधन आवश्यक : डा भट्टराई


प्रकाशित मिति : आश्विन १८, २०७३ मंगलबार

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा आज आयोजित ‘संविधानको एक वर्षः कार्यान्वयन, चुनौती र आगामी कार्यदिशा’ विषयको अन्तक्र्रियामा पूर्वप्रधानमन्त्री डा भट्टराईले धर्मनिरपेक्षता, लोकतन्त्र र सङ्घीय गणतन्त्रलाई संस्थागत गर्नका लागि पनि संविधान संशोधन आवश्यक रहेकामा जोड दिनुभयो ।

संयोजक डा भट्टराईले देशको आवश्यकता र शान्ति कायम गर्नका लागि मधेसी, थारु, आदिवासी, जनजाति लगायतका माग सम्बोधन हुने गरी संविधान संशोधन गर्नुपर्ने र सबैको अपनत्व झल्किनुपर्नेमा जोड दिनुभयो । रासस 

14462786_876600499144128_716126756705078661_n 14520356_876600505810794_5909455813176534075_n

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com