आयात नगर्दै भाउ बढाउने भारतीय प्रस्ताव


प्रकाशित मिति : आश्विन १८, २०७३ मंगलबार

भारतबाट १५० भेगावाट बिजुली आयात गर्ने सम्बन्धमा भएका सम्झौता अलपत्र परेको छ । सम्झौताको प्रारम्भिक कार्यान्वयन नहुँदै भारतीय पक्षले मूल्य बढाउने प्रस्ताव गरेपछि नेपाली पक्ष अन्योलमा परेको छ ।

सन् २०१५ अप्रिलदेखि २५ वर्षका लागि सन् २०११ मा भएको सम्झौता नेपाल र भारत दुवै मुलुकको कमजोरीले अलपत्र परेको हो । नेपालले २२० केभीको प्रसारण लाइन निर्माण गरेर चार्ज गरेपछि तथा विद्युत दिने भारतले सर्त राखेको छ ।एथेना प्लान्ट निर्माण सम्पन्न भएपछि आयात गर्ने सम्झौता भएको थियो । तर समयमै निर्माण नभएपछि अब के गर्ने भन्नेमा दुवै पक्ष अन्योलमा छन् ।

नेपाल विद्युत प्राधिकरणले डिसेम्बरभित्र २२० केभीको प्रशारण लाइन चार्ज गर्ने लक्ष्य राखेको छ भने एथेनाको समेत८५ प्रतिशत निर्माण कार्य पुरा भइसकेको छ । प्राधिकरणका उपकार्यकारी निर्देशक राजिव शर्माले समयमै प्रशारण लाइन चार्ज र एथेना प्लान्ट निर्माण नभएकाले सम्जौता कार्यान्वयनमा नआएको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com