काष्ठमण्डपको निर्माण ६८१ वर्षअघि भएको तथ्य


प्रकाशित मिति : आश्विन १८, २०७३ मंगलबार

काष्ठमण्डपको निर्माण ६८१ वर्षअघि भएको तथ्य फेला परेको छ । भूकम्पले भत्काएको काष्ठमण्डपको काठ व्यवस्थित गर्ने क्रममा हनुमानढोका दरबार हेरचाह अड्डामा राखिएको थाममा सो मिति उल्लेख भएको ताम्रपत्र भेटिएको छ । तीनवटा सँगसँगै रहेका ताम्रपत्रमा नेपाल संवत् ४५४, नेपाल संवत् ४९१ र नेपाल संवत् ५४३ कुँदिएको पाइएको छ । अहिले नेपाल संवत् ११३६ चलिरहेको छ । ताम्रपत्रमा लेखिएका अन्य विवरण अध्ययनको क्रममा छ । हनुमानढोका दरबार अड्डा प्रमुख सरस्वती सिंहका अनुसार अध्ययन टोलीको प्रतिवेदन आएपछि अन्य विवरण सार्वजनिक हुनेछ ।

पुरातत्वविद्द्वय मुकुन्दराज अर्याल र शुक्रसागर श्रेष्ठले यसको अध्ययन गरिरहेका छन् । यसअघि लिखित अभिलेख नपाएर अनुमानित गणनाबाट काष्ठमण्डप निर्माणकालको आँकलन गरिँदै आएको थियो । उक्त ताम्रपत्र आँखा नपर्ने गरी मण्डपको अग्लो भागको थाममा पाइएको छ ।

काष्ठमण्डप भत्केर छरिएका काठ, थाम, निदाल पुनःनिर्माणका लागि सिलसिलेवार मिलाउने क्रममा ताम्रपत्र पाइएको हो । काष्ठमण्डपको पुनःनिर्माण कार्य काठमाडौँ महानगरपालिकाले गर्दैछ । हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सरस्वती सिंहले ताम्रपत्रको लिपि अध्ययनपछि पुरातत्वविद्बाट मण्डपबारे सत्यतथ्य विवरण सार्वजनिक हुने बताए ।

काष्ठमण्डपलाई एउटै रूखको काठबाट बनेको मण्डप भनिँदै आएको छ । बेलायतको दुरहाम युनिभर्सिटीका पुरातत्वविद्ले केही महिनाअघि काष्ठमण्डपको जगमा सुनका पाता तथा केही मुद्रा पाएका थिए । यी सामग्री पुरातत्व विभागमा सुरक्षित छन् । काष्ठमण्डपबाटै अपभ्रंश भई काठमाडौँ भनिएको हो भनिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हनुमानढोका दरबार क्षेत्रमा वसन्तपुर गद्दी बैठक, माजुदेगल, कृष्ण मन्दिर, कागेश्वरीलगायत आधा दर्जन सम्पदा भूकम्पले भत्किएका छन् । यीमध्ये तलेजु भवानी मन्दिरको छाना गजुर मिलाएर आवश्यक मर्मत कार्य हेरचाह अड्डाबाट भइरहेको छ । पञ्चमुखी हनुमान पुनःनिर्माण सम्पन्न भएको छ भने दिगु तलेजु पनि निर्माण सम्पन्न भएको गोरखापत्रमा खबर छ । सिंह सत्तलको साठी प्रतिशत पुनःनिर्माण कार्य सकिएको छ । गद्दी बैठक अमेरिकी सांस्कृतिक संरक्षण अन्तर्गत राजदूत कोषको सात करोड रुपियाँको अनुदानमा पुनःनिर्माण घोषणा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com