दल दर्ताको लागि यस्ता छन् नयाँ प्रावधान


प्रकाशित मिति : आश्विन १८, २०७३ मंगलबार

अब राजनीतिक दल दर्ताका लागि पाँच सय मतदाताको प्रतिबद्धतापत्र भए पुग्ने भएको छ । सरकारले राजनीतिक दलसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्ने विधेयक संसद्मा दर्ता गर्दै उक्त व्यवस्था प्रस्ताव गरेको हो ।

यसअघि राजनीतिक दल दर्तासम्बन्धी नियमावलीले दल दर्ताका लागि १० हजार मतदाताको हस्ताक्षर अनिवार्य गरेको थियो । मतदाताको प्रतिबद्धतासँगै उनीहरूको मतदाता परिचयपत्र वा नागरिकताको प्रतिलिपि भने आवश्यक पर्नेछ ।

प्रस्तावित विधेयकले प्रारम्भिक मस्यौदामा प्रस्ताव गरेको दललाई राज्यकोषबाट रकम दिने व्यवस्था हटाएको छ । कुल सदर मतको एक दशमलव पाँच प्रतिशत मत कटाउने दललाई मतका आधारमा पैसा दिने प्रस्ताव निर्वाचन आयोगको प्रारम्भिक मस्यौदामा थियो । तर, सरकारले संसद्मा दर्ता गरेको विधेयकमा उक्त प्रावधान हटाइएको छ । प्रस्तावित व्यवस्थामा साना दलले विरोध गर्दै आएका थिए ।

दल त्यागे सांसद पद गुम्ने

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रस्तावित विधेयकको प्रावधान पारित भएमा अब दल त्याग गर्ने सांसदको पद स्वतः रिक्त हुनेछ । दल त्याग गरेको मितिदेखि नै सांसदको पद रिक्त हुने व्यवस्था गरिएको छ । यसअघिको ४० प्रतिशत सांसदको समर्थन भएमा नयाँ दल गठन गर्नसक्ने व्यवस्थालाई भने विधेयकले निरन्तरता दिएको छ ।

अब सांसद आफैँले वा निजसमेत सम्मिलित भई नयाँ दल गठन गरे पद स्वतः रिक्त हुने व्यवस्था प्रस्ताव भएको हो । लिखित राजीनामा दिएमा वा अर्को दलको सदस्यता लिएमा पनि स्थान रिक्त हुनेछ । यस्तै दलले जारी गरेको ह्विप नमानेको अवस्थामा पनि दलले सांसद र सदस्यबाट समेत निलम्बन गर्न सक्नेछ ।

चन्दा बैङ्कबाट

२५ हजार रुपियाँभन्दा बढी आर्थिक सहयोग अब बैङ्किङ च्यानलमार्फत गर्नुपर्नेछ । प्रस्तावित विधेयकको प्रावधान अनुसार दलले स्वैच्छिक आर्थिक सहायता लिँदा अनिवार्य ‘बैङ्किङ च्यानल’बाट लिनुपर्नेछ । यसअघि यो सीमा ५० हजार रुपियाँसम्म थियो ।

दलले सङ्गठित संस्था र स्वैच्छिक रूपमा सहायता दिन चाहने व्यक्तिबाट पनि सहायता लिन सक्नेछ । दलले आर्थिक सहायताको लेखा विद्युतीय माध्यममा राख्नुपर्नेछ भने वार्षिक लेखापरीक्षण निर्वाचन आयोगमा बुझाउनुपर्नेछ । सरकारको पूर्णकालीन वा सङ्गठित संस्थाका कर्मचारी दलको सदस्य बन्न नपाउने पूर्ववत व्यवस्थालाई पनि नयाँ विधेयकमा निरन्तरता दिइएको छ ।

सम्पत्ति विवरण पेस गर्नुपर्ने

प्रस्तावित विधेयकले दलका केन्द्रीय कार्यसमितिका पदाधिकारीले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था गरेको छ । निर्वाचित भएको ६० दिनभित्र पदाधिकारीले आफ्नो चलअचल सम्पत्ति खामबन्दी गरी दलको कार्यालयमा पेस गर्नुपर्नेछ ।

तोकिएको समयमा विवरण नबुझाउने पदाधिकारीको नामावली समय सकिएको एक महिनाभित्र आयोगले प्रकाशन गर्नुपर्नेछ । राष्ट्रविरुद्धमा जासुसी, गोपनीयता भङ्ग गर्ने, सार्वभौमिकता खलल पु¥याउने काम गरे दल खारेज हुनेछ । सुरक्षा, सङ्घीय एकाइबीचको सुसम्बन्ध खलल पुर्‍याउने तथा हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने दल पनि खारेज हुन सक्नेछ ।

यस्तै संविधानको धारा १७ (२) को प्रतिबन्धात्मक वाक्यांशविपरीत काम गरेमा पनि दल खारेज हुनेछ । उक्त प्रतिबन्धात्मक वाक्यांशमा मुलुकको सार्वभौमसत्ता तथा अखण्डताविरुद्ध कार्य गर्न नहुने उल्लेख छ । दलहरूले यस्तो काम गरेमा नेपाल सरकारको सिफारिसमा आयोगले दलको कामकारबाहीमा रोक लगाउन सक्ने गोरखापत्रमा खबर छ । प्रस्तावित प्रावधानको गतिविधि फौजदारी कसुर घोषित हुने भएमा थप कारबाहीका लागि पनि बाधा नपुग्ने प्रस्ताव विधेयकमा छ । प्रस्तावित विधेयक पारित भएपछि दल त्याग ऐन र राजनीतिक दलसम्बन्धी ऐन खारेज हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com