न्यायपरिषद सदस्यमा रामप्रसाद सिटौला नियुक्त


प्रकाशित मिति : आश्विन १७, २०७३ सोमबार

न्यापरिषद सदस्यमा रामप्रसाद सिटौला नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सिटौलालाई सदस्य पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ।

राष्ट्रपतिले संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम नेपाल बार एसोसिएशनको सिफारिसमा गरामनी-२ झापा घर भएका वरिष्ठ अधिवक्ता सिटौलालाई न्याय परिषदको सदस्यमा नियुक्त गरेकी हुन्। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अन्तरिम संविधान अनुसार २०७१ जेठ २४ गते सिटौलालाई न्यापरिषद सदस्य सदस्य सिफारिस गरेका थिए। संविधान जारी भए लगत्तै कोइरालाले २०७२ असोज १६ गते सिटौलाको पुनर्नियुक्तिका लागि सुनुवाई समितिमा सिफारिस गरेका थिए।

सिफारिस भएको ३४ औं दिन अर्थात २०७२ कात्तिक १९ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुनुवाइ सम्बन्धी कार्यविधि नबनेको भन्दै उनको नाम फिर्ता लिएका थिए। संविधान जारी भएपछि रुपान्तरित संसदमा संसदीय सुनुवाई विशेष समिति गठनका विषयमा दलहरुबीच विवाद भएपछि उनको सुनुवाई अगाडि बढ्न सकेको थिएन। आइतबार बसेको संसदीय सनुवाइ विशेष समितिको बैठकले न्यापपरिषदमा सिफारिस भएका सिटौलाको नाम अनुमोदन गरेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com