जापानबाट अायो दुःखकाे खबरः सवारी दुर्घटनामा १० नेपाली


प्रकाशित मिति : भाद्र २५, २०७४ आईतबार

जापान – जापानमा स्थानीय समयअनुसार आइतवार साँझ भएको सवारी दुर्घटनामा १० जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये ५ जना गम्भीर अवस्थामा छन् । उनीहरुको साइतामा विश्वविद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ ।घाइतेमध्ये रुपन्देहीको पर्रोहा नगरपालिका सैनामैना चोककी मिना केसी, रुद्रपुर गाउँपालिका छपालिटोलकी मिना श्रीसमगर, बाग्लङ चमुवाकी लक्ष्मी चालिसे सुवेदी , रितुरणपाल दर्नाल र कमला नेपाली रहेका छन् ।

साइतामाको चुरुसे बस्ने नेपाली र दर्नालको नेपाल घर थाहा हुन सकेको छैन । उनीहरुमध्ये टोकियोको इतावासीको टोकिवादाई बस्ने श्रीस मगरको अवस्था गम्भीर छ । मगर बस्न नसक्ने गरी गम्भीर घाइते भएकी छन् । उनको पहिलो चरणमा शल्यक्रिया भइसकेको अस्पतालले जानकारी दिएको छ ।

त्यस्तै घटनामा घाइते नेपालीको हात भाच्चिएको छ भने अन्यको अनुहार, मुख, दात र खुट्टामा चोट लागेको छ । घाइते पाँचैजनाको साइतामा विश्वविद्यालय अस्पतालमा उपचार भइरहेको छ ।

आइपीएल कम्पनीको बस खावागोय नजिकैको कामुदामा दुर्घटनामा परेको हो । घटनास्थल टोकियो महानगरपालिकाको इकेबुकुरोबाट २० किलोमिटर दक्षिणमा पर्छ ।
साइतामा प्रान्तको खावागोय सहरको योसिनोदाईमा रहेको आईपीएल जापान कम्पनीले फलफुल र तरकारीको प्रशोधन सम्बन्धी काम गर्छ । किवा मानव संसाधन कम्पनीले आइपीएल जापानसगँको सहकार्यमा दैनिक कामको आवश्यकता अनुसार जापानको विभिन्न स्थानबाट विदेशी नागरिक परिपूर्ति गर्दै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com