यस्तो ठाउँ जहाँ मात्र ४० मिनेटको रात हुन्छ


प्रकाशित मिति : माघ १५, २०७४ सोमबार

दिनभरको काम र भागदौडपछि जोकोही मानिसहरु पनि रातमा शान्त र आनन्ददायी जीवन चाहिरहेको हुन्छ । तर यदिरात केबल ४० मिनेटको मात्र भयो भने ? सुन्नमा थोरै अनौठो लाग्न सक्छ तर यो सत्यता हो । विश्वमा एउटा ठाउँ रहेको छ, जहाँ केबल ४० मिनेटको मात्र रात हुने गर्दछ ।

नर्वेको हेमरफेस्ट सहरमा केबल ४० मिनेटको मात्र रात हुने गर्दछ । त्यहाँ रातको १२ बजेर ४३ मिनेटमा सूर्यास्त हुने गर्दछ र त्यसको करिब ४० मिनेटपछि फेरी सूर्याेदय हुने गर्दछ ।

नर्वे आर्किटिक सर्कलभित्र पर्ने गर्दछ । यहाँ ४० मिनेटको रात केबल बर्षको मे र जुलाई महिनाका बीचमा मात्र हुने गर्दछ । त्यसैले पनि नर्वेलाई ‘इंट्री ऑफ मिडनाइट सन ’ भन्ने गरिन्छ । यस देशको सीमाना पूर्वमा स्वीडेन र उत्तरमा केही फिनल्याण्ड र केही रुसका क्षेत्रहरु पर्दछन् । यहाँको प्राकृतिक सुन्दरताले यो देशलाई अरुभन्दा फरक र भिन्नै बनाएको छ ।

२१ जुन र २२ डिसेम्बरका दिन यस्तो दिन हो, जसमा सूर्यको किरण पृथ्वीको समान भागमा फैलिदैन । यो समयमा पृथ्वी ६६ डिग्री कोण बनाएर घुम्ने गर्दछ । जसले गर्दा यस्तो हुने गर्दछ । जसका कारणले दिन र रातको समयमा फरक आउने गर्दछ ।

नर्वेमा ४० मिनेटको रात २१ जुन जस्तो स्थितिमा हुने गर्दछ । यस समय ६६ डिग्री उत्तरी अक्षांशदेखि ९० डिग्री उत्तरी अक्षांशसम्म पृथ्वीको पुरा भाग सूर्यको किरणमा रहने गर्दछ । जसले गर्दा सूर्य केबल ४० मिनेटसम्म मात्र डुब्ने गर्दछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com