नेपाल भारतबीच सीमा विवाद छैन अहिले- नेता महत्तो


प्रकाशित मिति : माघ १५, २०७४ सोमबार

काठमाडौं, १५ माघ । राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्तोले नेपाल भारतबीच अहिले सीमा विवाद नभएको बताउनु भएको छ ।

रफत सञ्चार क्लब भक्तपुरमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष महत्तोले नेपाली सञ्चार माध्यमले उचालेको भरमा नेपाली सीमा भारतले मिचेको भन्न नमिल्ने बताउनुभयो । यदि सीमा सम्बन्धीत विवाद भए दुई देशका सरकारबीच कुटनीतिक सहमति र छलफलका माध्यमबाट मिलाउन सकिनेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले बाम गठनबन्धनसँग सरकार गठनका बिषयमा सहमति हुन नसक्ने बताउँनु भयो । एमालेले संविधान संशोधनका बिषयमा सकारात्मक धारण सार्वजनिक नगरी संविधान संशोधनमा बाधा पु-याएको अबस्थामा राजपा एमालेका विरुद्ध फेरी आन्दोलनमा उत्रिने उहाँले चेतावनी समेत दिनुभयो ।

अध्यक्ष महत्तोले दुई नंम्बर प्रदेशमा जनताले राजपा र फोरम लोकतान्त्रीक पार्टीलाई सरकार बनाउने म्याण्डेट दिएकोले यहाँ दुई पार्टीको सहमतिमा सरकार निमार्ण हुने बताउनुभयो ।

अहिलेसम्म सरकारमा पुगेका आफूलाई ठूला भन्ने दलहरुले देश र जनताका बिषयमा केही गर्न नसकेको उहाँले आरोप लगाउनुभयो । नेपालमा छिमेकी देशसँगको सम्बन्धका बारे दल र व्यक्ति पिच्छे नीति होईन राष्ट्रिय नीति निर्माण हुनुपर्ने उहाँको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com