भारतीय सैनिकको हस्तक्षेपपछि कञ्चनपुरको बेलौरी तनावग्रस्त


प्रकाशित मिति : माघ १५, २०७४ सोमबार

काठमाडौं, १५ माघ । कञ्चनपुरको बेलौरी नगरपालिका तनावग्रस्त बनेको छ । सडक ग्राभेलिङ गर्ने क्रममा भारतीय प्रहरीले हस्तक्षेप गरेपछि नेपाली पक्ष र भारतीय सैनिकबिच तनाव सिर्जना भएको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका १० सडकघाटमा नेपाली पक्षले सडक ग्राभेलिङ गर्ने क्रममा भारतीय सिमा सुरक्षा बल एसएसवीले रोकेपछि अहिले नेपाली पक्षले सिमा क्षेत्रमा नाराबाजी सुरु गरेका छन् ।

उनिहरुले नेपाली भूमीमा सडक बनाउन नदिने भारतीय प्रहरीका विरुद्ध नारावाजी गरिरहेका छन् । दशगजा क्षेत्रमा सडक बनाउन नपाइने नियम अनुसार नै रोकिएको भारतीय पक्षको दावी छ भने दशगजा क्षेत्र भन्दा १५ मिटर वरै आएर एसएसवीले हस्तक्षेप गरेको नेपाली पक्षको आरोप छ ।

विवाद मिलाउन नेपाली र भारतीय पक्षविच वार्ताको तयारी भैरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले जानकारी दिनुभयो ।

अहिले सिमा क्षेत्रमा थप तनाव हुन नदिन थप सुरक्षकर्मी खटाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com