८ वर्षीया बालिकाको बलात्कारपछि हत्या, बलात्कार र हत्यामा संलग्न एक पक्राउ


प्रकाशित मिति : माघ १५, २०७४ सोमबार

माघ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१० मा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी पाथेकाकी ८ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीले पुष्टी गरेको छ ।

माघ १० गते राति स्थानीय चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी बालिकालाई बलात्कार पछि हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

घट्नापछि पक्राउ परेका स्थानीय १६ वर्षीय जीउधन राईले बलात्कारपछि बालिकाको हत्या गरेर ढाकछोपको प्रयास गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । जीउधनले दिएको बयान, घटनाको प्रकृति र शव परीक्षणपछि जबरजस्ती करणी गरेको पुष्टी भएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com