मानवतस्करीबिरुद्ध नयाँ शक्तिको प्रवास परिषद्


प्रकाशित मिति : श्रावण ११, २०७३ मंगलबार

मानब बेचबिखन र हुण्डीकारोबारलाई रोक्नको लागि नयाँ शाक्ति पार्टी नेपाल प्रवास प्रादेशिक परिषदले अभियान संचालन गर्ने भएको छ । मानब तस्करी तथा अबैधानिक रुपमा हुण्डी मार्फत कारोबार गरी श्रमिक ठग्ने र मुलुकको राजस्वमा समेत असर हुने क्रियाकलाप बढिरहेको भन्दै यसका बिरुद्ध प्रवास प्रादेशिक परिषदले अभियान संचालन गर्ने जानकारी दिएको छ ।

परिषदका सदस्य इन्द्रराज भट्टराईले संचालन गर्नुभएको कार्यक्रममा प्रबास प्रादेशिक परिषद घोषणा सभा तथा कार्यलय उद्घाटन कार्यक्रममा संयोजक नबराज सुबेदीले मानब बेचबिखन तथा हुण्डीकारोबार बिरुद्ध अभियान संचालन गर्ने जानकारी दिनुभएको थियो । सोही कार्यक्रममा बोल्दै नयाँ शक्ति पार्टी नेपालको सह संयोजक दुर्गा सोबले नाजायज फाइदा उठाएर मानव तस्करी भइरहेको र नेपालमा एउटा ठुलो विकृतिका रुपमा रहेको तस्करको गिरोहलाई निरुत्साहित गर्न प्रबास प्रादेशिक परिषदले संचालन गर्न लागेको अभियान लाई सफल बनाउन यस सम्बन्धि काम गर्दै आईरहेका संघसंस्था र सरकारसंग समन्वय गरेर काम गर्दा प्रभाबकारी हुने बताउनुभयो ।

यस्तै नयाँ शक्ति नेपाल अन्तराष्ट्रिय बिभागका संयोजक हिसिला यमीले नयाँ शक्तिले लिएको आर्थिक नितिलाई पछ्याउँदै स्वदेशमा लगानि भित्र्याउने वाताबरण सृजनागर्न प्रवास प्रादेशिक परिषद्को महत्वपुर्ण भुमिका रहने जनाउनुभयो । उहाँले नेपाली महिलालाई ललाई फकाई बैदेशिक रोजगारीको प्रलोभन पारेर बेचबिखन गर्ने गरेकाले त्यसलाई नियन्त्रण गर्न पनि यस परिषद्ले महत्वपुर्ण भुमिका खेल्ने औल्याउनु भयो ।

प्रवास प्रादेशिक परिषदको ललितपुरमा रहेको कार्यलयमा एक कार्यक्रमको आयोजना गरिसंयोजक सुबेदीले १०१ सदस्यीय प्रवास प्रादेशिक परिषद् गठन भएको घोषणा समेत गर्नुभयो ।

उक्त परिषदमा सहसंयोजक शंकर भण्डारी लगाएत २३ देशका सदस्यहरु रहेको उहाँले जानाकारी दिनुभयो । यो परिषदमा तीन सहसंयोजक हुने ब्यबस्था गरिएको छ । बिदेशमा बस्ने नेपालीहरुको प्रतिनिधित्व गर्दै अमेरिकाका प्रतिनिधि ज्ञानेन्द्र खड्काले बिदेशमा रहेका नेपालीहरुलाई ईलेक्ट्रोनिक प्रबिधिबाट भोट हाल्न पाउने ब्यबस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रवास प्रादेशिक परिषदले प्रवासको बिस्तारित वैठक एंव राष्ट्रिय भेलाको भाव संप्रेषण कार्यक्रम आगामी अगष्ट २८ र २९ मा भारतमा गर्ने निर्णय गरेको जनाएको छ ।

आउँदो सेप्टेम्बर १६ तारिखमा कोरिया र १८ तारिखका दिन जापानमा नयाँ शक्ति पार्टीका केन्द्रीय संयोजक एंव पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको प्रमुख अतिथ्यता र प्रवास प्रादेशिक समितिका संयोजक नवराज सुबेदीको उपस्थितिमा राष्ट्रिय भेलाको भाव संप्रेषण कार्यक्रमलाई भव्यतापुर्वक सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com