अचानक करोडपति भयो, यो बिरालो


प्रकाशित मिति : माघ १२, २०७४ शुक्रबार

माघ १२ काठमाडौं — अमेरिकाको क्यालिफोर्नियामा एक बिरालो एक झमटमै करोडपति बनेको छ । अदालतमा मुद्दा जितेपछि उसको भाग्य खुलेको हो ।

ग्रम्पी क्याट नामक यस बिरालोले क्षतिपूर्तिस्वरूप आठ करोड रुपैयाँ पाएको छ ।

क्यालिफोर्नियामा बस्ने तबााथ बुन्देसेनको घरपालुवा बिरालो आफ्नो अचम्मको छविका कारण इन्टरनेटमा छाएको थियो । वर्षौंसम्म प्रसिद्धि प्राप्त गरेपछि बिरालोको मालिकले एक कफी कम्पनीबाट अफर पाएको थियो । कफी
कन्टेनरले बिरालोको चित्र कफी कन्टेनरको लोगोका रूपमा प्रयोग गर्न चाहन्थ्यो ।

यस सम्झौताअघि बिरालो मालिकले ग्रम्पी क्याट नामबाट एक कम्पनी दर्ता गरे र त्यस कम्पनीलाई बिरालोको चित्र प्रयोग गर्न दिए । तर बिरालोको फोटो कफी कन्टेनर ग्रम्पुचिनोमा मात्र प्रयोग गर्न सकिन्थ्यो । कम्पनीले भने अन्य उत्पादन बेच्नसमेत तस्वीर प्रयोग ग–यो ।

बिरालोका तर्फबाट ग्रम्पी क्याट कम्पनीले कफी बच्ने कम्पनीमाथि अदालतमा मुद्दा हाल्यो र बिरालोको तस्वीर दुरुपयोग गरेको दाबी ग–यो । अदालतले दुवै पक्षको तर्क सुनेपछि बिरालोका पक्षमा निर्णय दियो । कफी कम्पनीले गल्ती गरेको भन्दै अदालतले आठ करोड रुपैयाँ तिर्न आदेश दियो ।

एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com