अमेरिकाको पश्चिम क्षेत्रको लागि घनप्रसाद दवाडी पर्यटनदूत


प्रकाशित मिति : श्रावण ११, २०७३ मंगलबार

संयुक्त राज्य अमेरिकाको सान्फ्रान्सिस्को तथा पश्चिम क्षेत्रको लागि नेपाल पर्यटन बोर्डले घनप्रसाद दवाडीलाई पर्यटनदूत नियुक्त गरेको छ ।

आफूलाई २ वर्षको लागि नियुक्त गरि नेपालको पर्यटन विस्तार तथा प्रबर्धन गर्ने अवसर दिएकोमा दवाडीले पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र नेपाल सरकार प्रति आभार व्यक्त गर्नुभएको छ । साथै आफू प्रती विश्वास गरी नेपाल सरकारले दिइएको ज़िम्मेवारी पुरा गर्न सधैं भर प्रयासरत रहने प्रण गर्नुभएको छ ।

यसैबीच वाणिज्यदूत ऋषी ढकालले पर्यटन बोर्डमा नियुक्त दवाडीलाई बधाई दिनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com