दक्षिण कोरिया आएको प्रावसी नेपाली कामदार ले यस्तो सम्म घटना भोग्न पर्ने रहेछ


प्रकाशित मिति : माघ १०, २०७४ बुधबार

सामाजिक सञ्जालमा देखिने सफा र सुन्दर ठाँउ, लोभलाग्दा पहिरन, अग्लाअग्ला महल र चिल्ला सडकमा खिचिएका तस्विर, अनि आर्कषक कमाइको कुराले मध्ययमवर्गिय नेपालीलाई कोरिया मोहले लोभ्याउछ ।
तर ग्लाअग्ला लागि देखाइ र सुनाईमा दक्षिण कोरिया जति लोभलाग्दो छ । भोगाइ र व्यवहारमा त्यतिनै घिनलाग्दो छ । तैपनि, नेपालसंगै १६ विकासोन्मुख मुलुकका युवाहरुको लागि रोजगारीको उत्कृष्ट गन्तव्य भएको छ ।

यहाँ कार्यरत अधिकाशं आप्रवाशीले मासिक न्युनतम १ लाखदेखि अधिकतम २ लाख ५० हजारसम्म आर्जन गर्न सक्छन् । भने मिनट मिनटको महत्व पनि थाहा पाउछन् । त्यो रकम आर्जनका लागि ज्यानै जोखिममा राख्नुपर्ने हुन्छ । कामकै तनाबका कारण कतिपयले आत्महत्याको बाटो रोज्छन् भने कतिपय दुर्घटनामा परि अङ्गभङ हुने र कतिपयमा दिर्घरोग समेत हुने गरेको पाइएको छ ।
दक्षिण कोरिया विश्वमा सबैभन्दा धेरै समय काम गर्ने मुलुक हो । स्थानिय हुन् या आप्रवाशी जो सुकैपनि यहाँको काममा लामोसमयसम्म खटेर काम गर्छन् । र गर्नुपर्छ पनि । सम्बन्धित काम, दाम र माम बाहेक अन्य विषयान्तरममा यहाँका नागरिक ज्याँदै न्युन खुल्छन् ।

६० को दशक यता कोरियन नागरिक र ९० को यता आप्रवाशी श्रमिकको रातदिनको अथह मेहनतकै कारण विकसित राष्ट्रहरुमध्य दशौं स्थानभित्र समेटिएको छ दक्षिण कोरिया । र त्यसताका करिब करिब १ हजार डलर रहेको प्रतिव्यक्ति आय हाल ३० हजार डलर पुग्न लागेको छ ।
करिब २० लाख आप्रवाशीहरु बसोवास गर्ने दक्षिण कोरियामा हाल ५५ हजारको हाराहारीमा नेपालीहरु बसोवास गर्छन् । यहाँ कार्यरत केही नेपालीहरुले मलाई सुनाएका केहि मर्मस्पशी घटनाहरु मैले यहाँ प्रस्तुत गर्दैछु ।
औंला गुमाउँदा :
पेपर काट्ने मेसिनले च्यापेर देबे्र हातको पाँच औंलाका चारवटा नङ्ग गुमाइ सउलस्थित एक हस्पिटलमा उपचार गराइरहेका युवकले फेसबुकको इनबक्सम निक्कै भावुक टेक्स पठाए ।
‘दाई, घरपरिवारलाई यस्तो कुरा सुनायो भने भावुक होलान् । रोलान् । र निक्कै चिन्तित पनि होलान् । त्यसैले, तपाईसमक्ष सेयर गर्न मन लाग्यो । आज देब्रे हातको चार औंलाका नङ्ग गुमाए । अहिले अस्पतालमा छु । विहान डक्टरले हातका औंला सम्याउन र नङ्ग पुर्नस्थापनाका लागि देब्रे पट्टीको पेटको छालामा गाँसेको छ । अब केही सातापछि टाका खोल्ने र थप उपचार गर्ने बताएको छ । म निकै पीडामा छु । र दुख सुनाउने कोही पनि छैन मेरो यो देशमा ।’

मैले सामान्य ठाने र टेक्स लेखे ‘ओ माइ गढ । भाइ, कसरी यस्तो घटना भयो ? कुन अस्पतालमा हो ? अहिले कस्तो छ । नआत्तिनु है, सबै निको भइहाल्छनी । र घरपरिवारलाई नभन्नु नै वेश हुन्छ । किनकी, घटना सामान्य भएपनि परिवारको मानसिकतामा नराम्रो असर पर्छ ।’
केहि सेकेण्डमै उनले फोटो पठाए । म सिरिङ्ग भए । शरिरभरी काडा उम्रिय । मन साह्रै अमिलो भयो । त्यो हात आँफ्नै भएको अनुभुत भयो । पीडा भयो । भावुक भए । देशको हालत सम्झिए । नेताहरुको उद्धण्द्ध सम्झिए । र नेपाली युवाहरुको बाध्यता सम्झिए । र आँफैलाई धिक्कारे ।

केहिछिन्मा फोन नम्बर मागे र फोन गरें । केही सम्झाए । केही बुझाए । र त्यो चोट आँफुमा पनि महसुस भएका बताए । कम्पनीसंचालकले जिम्मेवारबोध गरेनगरेको सोधें । अनि, जे हुनु भइगयो । मन गहुङ्गो नबनाई अस्पतालमा प्रतीक्षा गर्न आग्रह गरे । कोरियामा उपचारपद्धति राम्रो हुने र छिटै निको हुने आश्वासन दिए ।
त्यसपछिका दिनमा दैनिक कुराकानी भयो । अप्रेशन पनि सफल भयो । करिब–करिब डेढ महिना हात र पेटको उपचारपश्चात तीन महिनाको आरामपछि उनी काममा पनि फर्किए ।

खुट्टा च्यापिदा :
मासु खाने गाई फाममा कार्यरत एक युवकको अघिल्लो साता सामान ओसारपरास गर्ने एक प्रकारको डोजरजस्तै गाडी (चिकेछा) आँफै चलाउँदा आफ्रनै दाहीने खुट्टा च्यापे । एक्लै काम गर्ने उनलाई आफ्नो घटना देख्ने, स्याहार्ने, पीडा सुन्ने र अस्पताल लगिदिने कोही भएनन् ।
केही समयपछि घिर्सिदै घिर्सिदै रुदैँ कोठामा पुगे । साहुलाई फोन गरे । र अस्पताल लगिदिन अनुनय गरे । तर फाम संचालक साहुले दिउँसो एक–दुई बजे आउँछु र लगिदिन्छु भनेपछि खुट्टा समाउँदै निराशहुँदै टेक्स म्यासेज सहित फोटो पठाए । ‘झण्डै मरियो हौ दाजु आज । चिकेछाले च्यापेर ।’
मैले कसरी यस्तो भयो र अस्पताल जानुभएन ? भनेपछि उनले थप गुनासो गरे । ‘यहाँ एक गिलास पानी दिने त कोही छैन् । कसले अस्पताल लगिदिने ?’
दिउँसो साहु आएछन् । अस्पताल लगिदिएछन् ।
उनिसंग नियमित कुराकानी हुँदा भनेका थिए । ‘अब सानो दागमात्र बाँकी छ । लगभग हिजोआज त पुरै निको भयो । घरमा बुवाआमालाई सुनाउछु भनेर कति प्रयास गरे । तर सुनाउनै सकिन । पीरमान्लान भनेर भन्नै सकिन । मनमै थामेर राखें । घाउ पनि ठिक भयो । अब सुनाउदिनपनि ।’

खुट्टा भाँचिदा :
घटना भएको एकमहिना पछि मात्र आफ्नो पीडा सुनाए एक मित्रले । ‘घरपरिवारले थाहा पाउने र चिन्ता लिने भयका कारण कसैसमक्ष पनि मेरो दुख सेयर गरिन ।’ सानो भ्यानमा समान लोडिङ्ग गर्नेक्रममा ढोकाले च्यापेर उनको देब्रे खुट्टा भाचिएको रहेछ । केहि समयको उपचार र केही महिनाको आरामपछि उनी काममा फर्किए ।
‘कसैलाई नभन्नु है ।’ भावुक हुदैँ र ढिला गरी सुनाएकोमा माफी माग्दै उनले भने । ‘घरमा बुवा, आमा, भाइ र श्रीमतीले थाहा पाए भने निकै दुखी हुन्छन् ।’ कम्पनी व्यवस्थापकले सहयोग गरेहोलानी भन्ने मेरो सवालमा उनले भने ‘अस्पताल लग्ने–ल्याउने त ग¥यो तर आफ्नो जस्तो कहाँ हुदोँ रहेछ र ?’

परदेशमा काम गर्दा निक्कै सावधानी अपनाउनुपर्ने रैछ । सावधानी अपनाएको पनि हो । तर हुने बेलामा भइछाड्दो रैछ । नरमाइलो मान्दै उनले भने–
‘यो कस्तो नियती ? घरबाट आउँदा सिधा भएको खुट्टा घरफिर्दा बाङगो लिएर फर्किनुपर्ने भयो ।’

औंला च्यापिदा :
भिषा सकिन केहि महिनामात्र बाँकी भएका एक साथीको केही साता अघि मेसिनले दाहीने हातको औंला थिच्यो । फलाम कम्पनीमा कार्यरत ती मित्रको कम्पनीमा धेरै दुर्घटना हुने गरेका कारण विमा कम्पनीमा खबर नगरी कम्पनीले टालटुले उपचार गरिदियो ।
‘घर जाने बेलामा यस्तो नसोचेको घटना भयो । घरतीर खबर ग¥यो भने आत्तिएलान् भन्नेलाग्यो र भनिन् । अब घरमै गएर सुनाउँनुपर्ला ।’ हाल उनी उपचारार्थ छन् ।
ग्याँसको छिर्काले लाग्दा :
केही महिना अघि फलामै कम्पनीमा ग्याँस विष्फोट हुदा एक युवक गम्भिर रुपमा घाइते भए । अनुहार, छाती, पाखुरामा ग्याँसका छिर्काले लाग्दा अचेत अवस्थामै अस्पताल लगिएको उनी अझैसम्म उपचारार्थ छन् । उनले पनि आफ्नो घटना नेपालमा रहेका आफ्ना परिवारले थाहा नपाउन भन्ने चाहान्छन् ।

अण्डकोष सुनिदा :
कामको खोज्दै सेल्टरमा बसिरहेका एक युवकले निकै पीडादायी कुरा सुनाए । करिब पन्ध महिनादेखि रातीको समयमा पगालेको फलामलाई हेरफेर गर्ने काम गरिरहेका ती युवकको अकस्मात अण्डकोष सुनिने र दुख्ने लक्षण देखा प¥यो । त्यो लक्षण देखा परेको केही साता वास्तै नगरेको उनले बताए ।
‘सामान्य होला । तातोले होला । पछि आफै ठिक भइहाल्छनी । भनेर खासै वास्ता गरिन । पछि त झन्झन् सुन्निने, दुख्ने र पीसाव पोल्न थाल्यो । अनि साहुलाई भने । उसले पनि तातोले हो भन्यो । टिमल्यो । मैले पनि सेयर गर्ने साथी पाइन । घरपरिवारलाई यस्तो कुरा भन्ने कुरा भएन । त्यसको केहि सातामा त्यो मात्रा बढ्दै गयो । लिङ्ग पनि उत्तेजित हुन छाड्यो । अनि साहुसंग रोइकराई त्यो काम छोडिदिए । अहिले सामान्य हुदैँ गएको छ ।’
वाइस वर्षिय अविवाहीत उनले थप भन्दै गए । ‘त्यहाँ काम गरेवापत मैले मासिक तीन लाख रुपैयाँको हाराहारीमा कमाइ गर्थे । तर अब मलाई तीन लाख होइन, बरु एकै लाख होस् तर शरिरलाई असर नपर्ने खालको काम पाइयोस् । शरिरभन्दा पैसा ठुलो कदापी हुन सक्दैन ।’

डिप्रेशनले थलिदा :
कहिल्यै घर नछोडेको र पहिलोपटक कोरियाको एक फर्निचर कम्पनीमा दैनिक करिब दश घण्टा लगातार काम गर्नुपर्दा उनलाइ सुरुमा ‘होम सीक’ भयो । कम्पनीमा कोरियन र चाइनिजबाहेक अन्य देशका कामदार नभएका र कोरियन भाषा कठिनाइका कारण बोल्ने र सुन्ने नहुँदा उनलाई एक्लो फिलिङ्स भयो । जसका कारण उनमा विस्तारै ‘डिपे्रशन’ को लक्षण देखा पर्दै गयो ।

‘महिनौ दिनसम्म कसैसंग दिलखोलेर बोल्न नपाउँदा, खुलेर हास्न नपाउँदा, मन लागेको खान नपाउँदा, र बाहिर घुम्न नपाउँदा एकोहोरो भएंको थिए । सधै घर जानमात्र मन लाग्ने, काममा ध्यान नजाने, बुकुर्सी मार्दै धेरै टाढासम्म कुद्न मन लाग्ने र घरीघरी आत्महत्या गरुँ जस्तो पनि हुने फिलिङ्स आउथ्यो ।’

करिब एक वर्षपछि कम्पनी साहुले अर्को नेपाली साथी ल्याइदियो । अनि बल्ल लाइनमा आएजस्तो भयो ।
‘अपरिचित ठाउँमा एक्लै काम गर्नुपर्ने त्यहीमाथि साहुको किचकिचले अर्धपागल जस्तै भएको थिए ।’ गत महिना सउलमा भएको एक कार्यक्रममा भेटिएका उनले गुनासो गरे । ‘पैसा कमाउन भनेर बाबुआमा, घरपरिवार छोडेपछि आफ्ना दुख तिनै आमाबाबुलाई कसरी सुनाउनु ? मेरा दुख सुनाएर उहाँहरुलाई चोट पुराउन चाहन्थिन ।’

जर्वजस्ती यौनहिंशा :
संगै कार्यरत सहकर्मी पुरुष साथीले साहुलाई भनेर भिषा लगाइदिने बहानामा पटकपटक यौनहिंसा गरेपछि एक महिलाले काम छोड्नु परेको छ ।
रोजगारकेन्द्रबाट भनेजस्तो काम नपाएपछि साथीभाइको सम्पर्कको माध्ययममार्फत बंगुरफाममा काम गर्न पुगेकी थिइन् । ती नेपाली महिलाले त्यहाँ काम गर्न थालेको केहि दिनमै त्यहाँ काम गरिरहेको नेपाली पुरुषले यौनपस्ताव राखेका थिए ।
उक्त पस्ताव नमानेपछि ती पुरुषले ‘राम्रो काम गर्न जान्दिन । यसलाई यहाँ राख्नु हुँदैन ।’ साहुसंग कुरा गरी निकालेका छन् ।
अहिले च्याउँ फाममा कार्यरत ती महिलाले सहकर्मी महिलासंग परदेशको ठाउँमा आफ्नै दाजुभाइले गरेको दुव्यवहार कसैलाई भन्न नसकेको बताएकी थिइन् ।
‘प्रहरीसमक्ष उजुरी गरुँ जस्तो लागेको थियो । तर काम छोडेर बसेको बेला झन लफडा होला भनेर भनिन् ।’ अर्की सहकर्मी महिलाले उनको बेदना पोखिन् ।
शारिरिक तथा मानसिक अशस्थहुँदा
‘फलामको रसायनद्धारा विभिन्न सामान बनाउने कम्पनीमा दैनिक १६ घण्टासम्म लगातार काम गरी मासिक २ लाख ५० हजारको हाराहारीमा आर्जन गर्दा म निक्कै खुशी थिए । तर त्यो क्षणभरको खुशीले यति धेरै दुख दियो बयान गरी साध्य छैन ।’
स्वास्थ तथा मानसिक समास्याले ग्रस्थ भई करिब सातआठ महिनाको उपचार र आरामपछि पुनः अर्को कम्पनीमा काम गर्न सुरु गरेका ती युवामा लामो समयको काम, खानपानमा समस्या र सुत्ने समयको कमीका कारण शारिरिक समस्या, जस्तै, ढाड दुख्ने, पिसाब पोल्ने, पेट दुख्ने, आधा टाउँको दुख्ने, घुडा तथा जोर्नी दुख्ने, आँखा दुख्ने समस्या देखिए र त्यसको कारण उनमा मानसिक तनाब पनि थपियो ।
जस्तै मर्न मन लाग्ने, चलिरहेको बसको अगाडि दैडिन मन लाग्ने, अग्लो भवनको टपबाट हाम्फाल्न मन लाग्ने, एक्लै बस्न मन लाग्ने, खानखान मन नलाग्ने आदि ।
केहि महिना अगाडि ख्वान्जुस्थित एक सेल्टरमा भेटिएका उनले आफ्ना समस्या सुनाए । नेपाली र कोरियनको सहयोगमा उपचार र परामर्शपश्चात हाल आफु स्वस्थ रहेको बताए । अविवाहित उनले आफ्ना समस्यापनि परिवारसमक्ष नसुनाएको बताए । ‘विदेशमा भएका समस्या स्वदेशमा रहेका आफन्तलाई सुनाएर किन तनाब दिनु । त्यसैले सुनाइन र सुनाउनपनि हुन्न ।’
‘कोरियामा दाम भन्दापनि काम र स्वस्थलाई प्राथामिकता दिनुपर्ने उनले बताए । स्वस्थ शरिर भए दाम जहिलेपनि कमाउन सकिन्छ । त्यसैलै सबैले स्वास्थलाई बचाईराख्नुस ।’ उनले भने ।

अप्राकृतिक यौनहिंशा :
जस्ता पाता (विचमा फम राखेर दुइतीरबाट जस्ताका पाता जमाइ बनाइने) मा रङ्ग लगाउने सानो कारखानामा काम गर्न आएका पश्चीम नेपालका एक युवा सुरुदेखिनै अप्राकृतिक यौङहिंसामा परे ।
स्थानिय पाचछजना र आप्रवाशी उनी मात्र भएको उक्त कम्पनीमा टेकेको दिनदेखिनै कम्पनीसंचालकले अप्राकृतिक यौन कृयाकलाप गर्न लगाए ।
‘दिनमा काम गरी साँझ कोठामा फर्किएपछि साहु विभिन्न वहाना बनाई कोठामा आउथ्यो र आफ्ना संवेदनशील अंग समाउन लगाउने र आफुले पनि संवेदनशील अंग सुमसुमाउने गर्न थाल्यो ।’ अविवाहित ती युवकले सुनाए ‘सुरु सुरुमा भाषाको कठिनाई, साथीहरुको अभाव र अपरिचित ठाउँका कारण सहेर बसे तर पछि नेपाली साथीहरुको सम्पर्क भएपछि जवजस्ती कम्पनी छोडिदिए ।’

एक वर्षसम्म उक्त हिंशामा परेका उनी मानसिक तनाबमा परेको बताए । जसका कारण कतिपटक आत्महत्या गर्ने प्रयास गरेको उनले सुनाए । ‘अन्य सहकर्मीसमक्ष सुनाउन मन लाग्थो तर कामबाट निकालिदिने डरका कारण भन्न सकिन । नजिकका साथीहरु नभएका कारण आफ्ना समस्या सुनाउने ठाउँ भएन । घरपरिवारलाई भन्ने कुरो भएन । निकै तनाब हुन्थ्यो । आत्महत्या गरुँ झै लाग्यो । तर पनि सहेरै बसे ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com