हिमानीको हात समातेर पारस छमछमी नाचेपछि…


प्रकाशित मिति : आश्विन १६, २०७३ आईतबार

पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी छमछमी नाच्दा पाहुनाहरु हेरेको हेर्यै भए । हिमानीको ४० औं जन्मदिन बनाउन सोल्टी होटलको अति विशिष्ट कक्षमा गत शुक्रबार राति आयोजना गरिएको गुड फ्राइडे कार्यक्रममा पारस र हिमानीलाई नचाउने पात्र पाहुनाहरू हुन् ।

सुनाकोठीबाट सोल्टी पुगेका पारस र निर्मल निवासबाट सोल्टी होटल पुगेकी हिमानी एकै ठाउँमा बसेर जन्मदिन मनाएका थिए । पत्नी सोल्टी पुग्नुभन्दा अगावै पारस पुगिसकेका थिए । नेपाली धुनसँगै सुरु भएको रात्री भोजको नाचगान राति १० बजेबाट सुरु भएको थियो ।

पूर्वराजपरिवारका अधिकांश सदस्यको उपस्थिति रहेको भोज ८ बजेबाट सुरु भएको थियो । हिमानीको जन्मदिन हिजो शनिबार भए पनि शुक्रबार जन्मदिन मनाइएको थियो । जन्मोत्सवमा भोजस्थल विशेष रूपमा सजाइएको थियो ।

बिभिन्न ब्राण्डका ह्वीस्की, वाइन र बियरको व्यवस्था गरिएको भोज सोल्टी होटलले निर्माण गरेको केक काटेर सुरूआत गरिएको थियो । हिमानीले केक काट्नासाथ सबै पाहुनाले शुभकामना दिएका थिए । केक काट्दा पति पारस, पूर्वराजा ज्ञानेद्र, पूर्वरानी कोमल र उनका नाती नातिना सँगै थिए । बुहारीको जन्मदिन मनाउन पूर्वराजा ज्ञानेन्द्र र कोमल सात बजे सोल्टी पुगेका थिए ।

डान्स पार्टी सुरू भएपछि सबैले नेपाली गीतमा नाचगान गरेका थिए । नाच सुरू हुनासाथ पारस र हिमानीलाई हात समाएर नचाइएको थियो । हिमानी र पारस दुबैले हात समातेर नाच्दा सबैले ताली बजाएका समाचारपत्रमा खबर छ । ८ बजे सुरू पार्टी मध्यरात सकिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com