अब फेसबुक र ट्वीटरमा नकारात्मक कमेन्ट गर्नेलाई कारवाही


प्रकाशित मिति : आश्विन १५, २०७३ शनिबार

अब फेसबुक र ट्वीटरमा नकारात्मक कमेन्ट गर्नेहरुलाई नेपाल प्रहरीले कारवाही गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले वक्तब्य जारी गरी फेसबुक ट्वीटर जस्ता सबैखाले सामाजिक संजाल वा विद्युतीय माध्यमको दुरुपयोग गरी व्यक्ति वा संस्थाको इज्जत, प्रतिष्ठामा आँच पुर्याउने खालका कमेन्ट कोही कसैबाट नहुन नगराउनुहुन अनुरोध गर्नुभएको छ । यदि कोही कसैको इज्जत प्रतिष्ठामा प्रतिकुल असर पर्नेगरी अभिव्यक्ति संप्रेषण गरेमा कानुन बमोजिम कडा कारवाही हुने वक्तब्यमा जनाइको छ ।

14519773_1208784335861629_6063014663223724697_n

वक्तब्यमा भनिएको छ – विश्वमा भइरहेको सुचना प्रविधिको विकाशसँगै नेपालमा पनि सुचना प्रविधि र सामाजिक सञ्जालको विकाश र प्रयोग निरन्तर बढ्दै गइरहेको परिप्रेक्षमा सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यम प्रयोग गर्ने क्रममा अश्लिल, अपशब्द तथा अनावश्यक कमेन्टको प्रयोग दिनानुदिन बृद्धि हुँदै गएको साथै सम्बन्धित पीडितहरुबाट समेत इज्जत प्रतिष्ठामा प्रतिकुल असर पर्न गएको भनी गुनासोहरु प्रहरीलाई प्राप्त हुन आइरहेको सन्दर्भमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको गम्भिर ध्यानाकर्षण भएको छ ।

url

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com