कारवाहीमा कमाण्डरसहित आठको मृत्यु


प्रकाशित मिति : माघ ४, २०७४ बिहीबार

अफगानिस्तानको उत्तरी प्रान्त बाघलानको साहाबुदिन जिल्लामा भएको एक सुरक्षा कारबाहीमा वरिष्ठ कमाण्डर मुल्लाह जलालसहित आठ आतङ्ककारी मारिएका छन् ।

गत केही दिनयता जारी रहेको सुरक्षा कारबाहीको क्रममा वरिष्ठ कमाण्डरसहित आठ आतङ्ककारी मारिएका प्रान्तीय प्रहरी प्रमुख इक्रामुदिन सरीले बिहीबार बताउनु भएको छ ।

यस कारबाहीको क्रममा तालिवानको कब्जा रहेका तीन गाउँलेलाई पनि रिहा गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

बाघलान प्रान्तको साहाबुदिन जिल्लामा यस सुरक्षा कारबाही आतङ्ककारीहरुको अन्त्य नभएसम्म जारी रहने सरीले बताउनु भएको छ ।

यस कारबाहीको विषयमा हालसम्म तालिबान आतङ्ककारी समूहको तर्फबाट भने कुनै टिप्पणी आएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com