जेलको चिनजानले जेलै पुर्‍यायो


प्रकाशित मिति : आश्विन १५, २०७३ शनिबार

पूर्वमन्त्री श्यामसुन्दर गुप्ता र नेपाल प्रहरीका इन्सपेक्टर अनिल पण्डितबीच तीन वर्षअघि डिल्लीबजार जेलमा चिनजान भएको थियो । गुप्ता अपहरण मुद्दामा जेल परेका थिए भने पण्डित त्यसबेला सइका रूपमा कारागार सुरक्षाको जिम्मेवारीमा थिए । त्यही बेलाको चिनजानले दुवैलाई जेलबास गराएको छ ।

अपहरण मुद्दामा कैद भुक्तान गरेर गुप्ता गतवर्ष जेलबाट निस्किए । यता सइ पण्डितले इन्सपेक्टरमा नाम निकाले । जेलमा कायम भएको दोस्ती झन प्रगाढ बन्दै गयो । गुप्ता ललितपुरका बस्थे भने पण्डितको दरबन्दी पनि ललितपुरमै थियो । दुवैजना मिलेर पैसा कमाउने उपाय रच्न थाले र धम्क्याएर पैसा असुल्न थाले ।

यसैबीच म्यानपावर व्यवसायी तारा रेग्मीलाई अपहरणको धम्की दिएर गुप्ताले पैसा माग्न थाले । पण्डित के कम थिए, रेग्मीबाट उनले पैसा असुले । लगातार पैसा माग्न धम्की दिन थालेपछि रेग्मीले प्रहरीकहाँ उजुरी दिइन् । पैसा असुलेको आरोपमा पूर्वमन्त्रीसहित इन्पेक्टरलाई प्रहरीले पक्राउ गर्‍यो । नयाँ पत्रिकामा खबर छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com