भूकम्पपछिको अवसर : तालिम लिएपछि आम्दानी दोब्बर


प्रकाशित मिति : आश्विन १५, २०७३ शनिबार

समयमै सरकारी अनुदान नपाउँदा भूकम्पपीडित परिवारको दैनिकी अन्योलमा छ । नजिकिँदै गरेको चाडबाडले पनि उनीहरूलाई थप चिन्ता गराएको छ । न काम, न माम भनेजस्तै अवस्था भएको छ । तर रसुवा धैबुङकी भूकम्पपीडित दिलकुमारी न्यौपानेलाई भने गाउँमै कामको भ्याइनभ्याइ छ ।

भूकम्पअघि ज्यामी काम गर्दै आउनु भएकी न्यौपाने भूकम्पपश्चात् भूकम्पप्रतिरोधी घर बनाउने तालिम लिएपछि उहाँको आम्दानी दोब्बर मात्र भएको छैन, परिचय नै फेरिएको छ । सहयोगीबाट नाइके हुनुभएको छ । न्यौपाने भन्छन्, ‘पहिला मसला बनाउने, माटो मुछ्ने, ढुङ्गा बोक्ने, पानी बोक्ने काम गर्थें, अहिले घरको गारो लगाउने र नाप्ने काम गर्छु, पहिला एक दिनको तीन चार सय कमाउँथेँ, अहिले हजार कमाउँछु । ’

भूकम्पप्रतिरोधी घर निर्माणका लागि एकहप्ते निःशुल्क तालिम दिएपछि दिलकुमारीको परिचय फेरिएको हो । उनी भन्छिन, ‘काम गरेर खान केको लाज, तालिम लिएपछि त मेरो धेरै राम्रो भयो, म त खुसी छु सर । ’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दिलकुमारीको घर पनि पूर्णरूपले क्षति भएको छ । सरकारबाट उनले सुरुमा १५ हजार रुपियाँ, न्यानो कपडाका लागि १० हजार रुपियाँ पाएकी थिइन् । तीन लाख अनुदानका लागि भर्खर सम्झौता भएको बताइन् ।

‘अहिले त कामको सारै हतार छ, सबैका घर बनाउनु छ, पालो कुरेर बसेका छन्’, उनले भनिन् । सरकारी मापदण्ड अनुसार तालिमको ज्ञान र आफूले पाएको घरको नमुना अनुसार उनले चिटिक्कका घर तयार गर्नुहुन्छ । लेखपढ गर्न नपाएकी दिलकुमारीले कति वर्ष हुनुभो भन्ने प्रश्न गर्दा ‘१८ सालकी हुम् सर, कति भएँ आफैँ हिसाब गर्नुस्’, भनिन् । आठ जनाको परिवारमा श्रीमानले पनि ज्यामी काम गर्छन् । ‘अब हिसाब किताब पनि जान्दैछु सर, घर प्लास्टर गर्नेको ठेक्का लिन लागेकी छु’ दिलकुमारीले आफूले काममा स्तरोन्नति गर्न सकेकोमा गर्व गर्दै भनिन् ।

हुन त धैबुङमा बेरोजगार हुँदै आएका युवा पनि तालिमपछि लाभान्वित भएका छन् । स्थानीय किरण तामाङ भूकम्पले घर भत्केपछि अस्थायी टहरामा बस्दै आएका छन् । हाउस वायरिङसम्बन्धी तालिम लिएपछि समुदायमै आम्दानी भएको गोरखापत्रमा खबर छ । उनले भने, ‘छिमेकीलाई सहयोग पनि हुने आम्दानी पनि भएको छ, तालिमपछि काम पाइएको छ, खुसी छु ।’

धैबुङ र लहरेपौवाका भूकम्पपीडित परिवारलाई भूकम्पप्रतिरोधी घर निर्माणको तालिम अहिले मुख्य आम्दानीको स्रोत भएको छ । सबै युवा तालिमपछि निर्माणको क्रममा जुटेका छन् । रसुवा डाँडागाउँकै अर्का भूकम्पपीडित केशव तामाङ पनि हाउस वायरिङ तालिमपछि गाउँमै आम्दानी गर्न थालेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com