डा. केसीको समर्थनमा रेजिडेन्ट चिकित्सकहरु आन्दोलित


प्रकाशित मिति : आश्विन १४, २०७३ शुक्रबार

त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकहरु प्रा.डा.गोविन्द केसीको नवौं आमरण अनसनको समर्थनमा बिहीबारदेखि कालोपट्टि बाँधेर काम सुरु गरेका छन् । डा. केसी सरकारलाई दिएको पछिल्लो एक सातको अल्टिमेटम सकिएपछि पूर्व घोषित कार्यक्रमअनुसार गत आइतबार दिउँसो चार बजेदेखि त्रिवि शिक्षण अस्पतालमा अनसन बसेका हुन ।

रेजिडेन्टहरुले चिकित्सा शिक्षा एवं स्वास्थ्य क्षेत्रमा सुधारको लागि डा. केसीका मागहरु आम नेपालीको हितमा रहेको भन्दै सरकार सम्वेदनशील नभए चरणवद्घ दबाबमुलक कार्यक्रम सुरु गर्ने चेतावनी समेत दिएको कान्तिपुरमा खबर छ ।

नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष लिजन महर्जनले सरकारले डा. केसीको मागलाई वेवास्ता गरे थप कडा विरोधको कार्यक्रम गर्न बाध्य हुने बताए । आमरण अनसनको चौथो दिनमा प्रवेश गर्दा समेत सरकारको तर्फबाट कुनै पनि व्यक्ति डा. केसीलाइ भेट्न आएका छैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डा. केसीलाई बिहीबार अस्पताल प्रशासनको सहयोगमा सानोबाट ठुलो कोठामा सारिएको छ । डा. केसीमा मांसपेशीको दुखाइ र चक्कर आउने समस्या देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com