सीमामा पर्खालको विषय कानुनमा समेट्न माग


प्रकाशित मिति : पुस २७, २०७४ बिहीबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रिपब्लिकन र डोमोक्र्याटहरुबीच हाल वार्ता भइरहेको आप्रवासन सम्बन्धी कानुनमा मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनुपर्ने विषय पनि सम्बोधन गरिनुपर्ने बताएका छन्।

मंगलवार मात्रै ह्वाइट हाउसकी प्रवक्ताले सीमा सुरक्षामा कदम चाल्नु महत्वपूर्ण भएको भन्दै पर्खालको तत्कालै सम्भावना नरहेको संकेत गरेकी थिइन्।

तर त्यसको २४ घण्टापछि राष्ट्रपति ट्रम्पले उक्त सीमा पर्खालबारे सानो उमेरमै गैरकानूनी रुपमा अमेरिका प्रवेश गरेका आप्रवासीलाई नियमन गर्न बनेको कानुनमा नै समेटिनुपर्ने बताए।

यसअघि ‘सपना देख्नेहरू’ भनिने त्यस्ता अप्रवासीलाई संरक्षण दिने एउटा कार्यक्रम बन्द गर्न आफूले राखेको प्रस्ताव अदालतले रोकिदिएपछि ट्रम्पले अमेरिकी न्याय प्रणाली कमजोर र अनुचित भएको बताएका थिए।

आवास

‘डाका’ नामक उक्त कार्यक्रमले अमेरिकामा गैरकानुनी रूपमा ल्याइएका बच्चालाई अस्थायी आवास उपलब्ध गराउँछ।

अमेरिका

राष्ट्रपति ट्रम्पले राष्ट्रपतीय चुनावी अभियानका बेला उनले उक्त कार्यक्रमलाई तत्काल बन्द गर्न चाहेको बताएका थिए।

डाका कार्यक्रमबाट करिब ७ लाख ५० हजार मानिसलाई संरक्षण गरेको बताइन्छ जसमा बहुसंख्यक मेक्सिको र अरू ल्याटिन अमेरिकी मुलुकका नागरिक छन्।

राष्ट्रपति ट्रम्पलाई रूसले चुनावमा हस्तक्षेप गरेको भन्ने आरोपबारे छानविन गरिरहेको एउटा विशेष जाँच संयन्त्रले सोधपुछ गर्न चाहेकोबारे प्रश्न गरिएको थियो।

त्यसको जवाफमा राष्ट्रपति ट्रम्पले त्यो आवश्यक हुननसक्ने बताउँदै रूससँग कुनै त्यस्तो साठगाँठ नरहेको दोहोर्याए।

Source : BBC Nepali

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com