अमेरिकाको राष्ट्रपतिमा ओप्रह विन्फ्रेको चर्चा


प्रकाशित मिति : पुस २६, २०७४ बुधबार

न्यूयोर्क– अमेरिकाको भावी राष्ट्रपतिमा मिडिया मालिक तथा अभिनेत्री ओप्रह विन्फ्रेको चर्चा चुलिएको छ।

अमेरिकाकी चर्चित मिडियाकर्मी विन्फ्रेले सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको उनका सहयोगीहरुलाई उल्लेख गर्दै अमेरिकी मिडियाले जनाएका छन्। यद्यपी चुनावी प्रक्रिया सन् २०१८ बाट मात्र सुरु हुने छ।

उत्तर अमेकिकामा उनी पहिलो अश्वेत अर्बपति हुन्। ‘सबै मिडियाकी रानी’ उपनामले चिनिने उनले सर्वाधिक लोकप्रिय कार्यक्रम ‘दी ओप्रह विन्फ्रे सो’ चलाउदै आएकी छिन्।
सन् २००८ को चुनावमा बाराक ओबामालाई सहयोग गरेकी उनले गत वर्ष हिलानी क्लिन्टनको पक्षमा उभिएकी थिइन्।

हालैको गोल्डेन ग्लोब अवार्डमा उनले दिएको प्रभावशाली भाषणपछि उनी अमेरिकन राष्ट्रपतिको चुनावमा उठ्ने चर्चा बढेको हो। अमेरिकमा उनको पक्षमा केही व्यक्तिहरुले अभियान नै सुरु गरीसकेका छन्।

मिसिसिपी राज्यको गरिब परिवारमा जन्मिएका विन्फ्रे बिश्वकै प्रभावशाली महिलाको सूचिमा पर्दछिन्। विभिन्न चर्चित फिल्महरुमा पनि उनले अभिनय गरेकी छिन्।

साभार : बिबिसि

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com