नेपालबाटै यसरी फाइल गर्न सकिन्छ अमेरिकी ग्रिनकार्ड


प्रकाशित मिति : आश्विन १२, २०७३ बुधबार

नेपालमै बसेर अमेरिकाको ग्रिनकार्डका लागि आवेदन दिन सकिने न्युयोर्कका चर्चित नेपाली कानुन व्यवसायी बासु फुलाराले बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका फूलाराले निश्चित मापदण्ड पूरा गरेका व्यक्तिले अमेरिकाको ग्रिनकार्ड नेपालमै बसेर फाइल गर्न सकिने बताउनुभयो ।

एबीसी टेलिभिजनका लागि कार्यक्रम टक अफ द टाउन युएसएमा किशोर पन्थीसँग कुराकानी गर्दै कानुन व्यवसायी फूलाराले आगामी सातादेखि खुल्ने डिभी लोटरीको फर्म भर्दा ध्यान दिनुपर्ने कुराहरुबारे पनि जानकारी दिनुभएको छ । साथै अक्टोबर १ देखि भिसा जारी हुने सन् २०१७ का डिभी लोटरी विजेताहरुले अमेरिका जानुभन्दा अगाडि ध्यानदिनुपर्ने विषयमा पनि जानकारी दिनुभएको छ ।

कार्यक्रममा कुराकानीका क्रममा एनआरएन आईसीसी सदस्य सुनिता शर्माले डिभी लोटरी परेर अमेरिकामा जानेहरुलाई कुनै समस्या परेमा सहयोग गर्न एनआरएन संगठन तयार रहेको बताउनुभयो । कुनै समस्या परेमा एनआरएन संगठनलाई सम्पर्क गर्न समेत उहाँले सुझाव दिनुभयो ।

अमेरिकाको ग्रिनकार्ड पाउने सबैभन्दा सजिलो तरिका डिभी लोटरीका लागि अर्को सातादेखि आवेदन दिन सकिने भएको छ । इस्टर्न डेलाइट टाइम अनुशार आगामी मंगलबार अक्टोबर ४ तारिख दिउसो १२ बजेदेखि डिभी लोटरीका लागि आवेदन दिन सकिनेछ । नोभेम्बर ७ सोमबार इस्टर्न टाइम अनुशार दिउसो १२ बजेसम्म डिभी लोटरी भर्न सकिनेछ । विगतका बर्षहरुमा भन्दा लोटरी फर्ममा सामान्यमात्र हेरफेर गरिएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रस्तुत छ, मंगलबार एबीसी टेलिभिजनबाट प्रशाररित कार्यक्रम टक अफ द टाउनको पूर्ण भिडियो ।

अमेरिकी ग्रिनकार्ड, आप्रवासी भिसा, कामदार भिसा लगायत अमेरिकी कानुनका बारेमा जानकारी दिन अमेरिकाका चर्चित युवा कानुन व्यवसायी बासु फुलारा यतिबेला काठमाडौंमा हुनुहुन्छ । अक्टोबर १ देखि ७ सम्म काठमाडौंमा सप्ताहब्यापीरुपमा उहाँले यसबारेमा कानुनी जानकारीहरु प्रदान गर्नुहुनेछ ।

अमेरिकी भिसाका सन्दर्भमा धेरै नेपालीहरु दलाल र कन्सल्टेन्सीहरुबाट ठगिएको सन्दर्भमा फुलाराले प्रदान गर्नुहुने जानकारीले सरोकारवालाहरु ठगिनबाट बच्ने र अमेरिकामा आउनका लागि सही उपाय अबलम्बन गर्ने अपेक्षा गरिएको छ ।

फुलाराले नेपालमै बसेर अमेरिकाको ग्रिनकार्ड कसरी आवेदन दिने, अमेरिकी ग्रिनकार्ड वा नागरिकता भएकाहरुले उनीहरुका परिवारलाई अमेरिकामा कसरी झिकाउने, अमेरिकामा कम्पनी खोल्न र कम्पनीमा काम गर्न चाहनेहरुले अपनाउन सक्ने प्रकृया लगायत आप्रवासी भिसा र ग्रिनकार्डका सन्दर्भमा कानुनी जानकारी प्रदान गर्नुहुनेछ । तर एसाइलम र भिजिटर भिसाहरुको सन्दर्भमा भने कुनै परामर्श नगरिने फुलाराले जनाउनुभएको छ ।

व्यक्तिगत र सामुहिक रुपमा भेटेर यी लगायत अमेरिकी अध्यागमन कानुनसँग सरोकार राख्ने विषयमा जानकारी लिन सकिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com