न्युर्योकबाट परराष्ट्रमन्त्रीले भने– ‘छिट्टै नेपालमा महिला प्रधानमन्त्री’


प्रकाशित मिति : आश्विन ९, २०७३ आईतबार

संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभाको क्रममा संयुक्त राष्ट्रसङ्घ भवन न्युर्योकमा आयोजना गरिएको प्रथम संविधान दिवस समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा प्रकाशरण महतले संविधानसभाबाट जारी भएको नेपालको संविधान विश्वकै एक उत्कृष्ट र समावेशी भएको बताएका छन् ।

उनले सम्बोधनकै क्रममा संविधानको कार्यान्वयनमार्फत मुलुकलाई अगाडि बढाइने पनि दाबी गरे । उनले विगतका दुई वटा द्वन्द्वरत पक्ष र शान्ति सम्झौताका हस्ताक्षर कर्ताबीचमा भएको पछिल्लो गठबन्धनले पनि नेपालको शान्ति र संविधान निर्माण प्रक्रियाले गति लिएको तथा कार्यान्वयन पनि सहज रुपमा अगाडि बढ्ने स्पष्ट पारे ।

नेपालको संविधान कुन हदसम्म समावेशी छ भन्ने स्पष्ट पार्दै उनले राज्यका पाँच महत्वपूर्ण पदमध्ये तीनवटामा महिला नै प्रमुख रहेको बताए । राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश तीनै जना महिला भएको भन्दै उनले समावेशीताको उत्कृष्ट नमूना नेपालले प्रस्तुत गरेको दाबी गरे । उनले कार्यकारी प्रमुख (प्रधानमन्त्री) पनि महिला नै हुनुपर्छ भन्ने पक्षमा रहेको भन्दै उनले त्यो सपना पनि पूरा हुने दाबी गरे । उनले कार्यकारी प्रमुख को बन्ने भन्ने चाहिँ खुलाएनन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com