पत्रकार अधिकारी सहित ४ जना सम्मानित रोशन पोखरेल


प्रकाशित मिति : पुस १६, २०७४ आईतबार

नेपाल भारत मैत्री युवा संघ मोरगले आज वि एफएमका समाचार संयोजक सहित ४ जना पत्रकारलाई सम्मान गरेको छ । आज साझँ विराटनगरमा आयोजित मोफिल कवाली कार्यक्रममा वि एफएममा समाचार संयोजक नेत्र पी अधिकारी , सृष्टि दैनिकका सम्पादक तथा प्रकाशक शंकर खरेल , मकालु टेलिभिजनका पत्रकार नविन कर्ण , हिन्दुस्तान दैनिकका बरुण मिश्रलाई खानेपानी तथा सरसफाई मन्त्रि महेन्द्र यादवले आज सम्मान गर्नुभयो ।

कार्यक्रममा संयुक्त टोल संंगठन विराटनगरका पुर्व अध्यक्ष राजेश मास्के , मोहमद गुडु लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाली नित्य तथा कवाली प्रस्तुत गरिएको थियो । कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्रि महेन्द्र यादव , प्रदेश सभा सदस्य केदार कार्की नेपाल भारत मैत्रि युवा संघका मोरड अध्यक्ष मोहमद नसरुलले सम्वोधन गर्नु भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com