Follow @khasokhasmag

पाकिस्तान र अफगानिस्ताको सीमामा अमेरिकी ड्रोन आक्रमण


प्रकाशित मिति : पुस १२, २०७४ बुधबार

अमेरिकी ड्रोनले पाकिस्तान र अफगानिस्ताको सीमानामा पर्ने पेसवर क्षेत्रको माथा संगरको गाडीमा आक्रमण गरेको छ ।

अधिकारीहरुले ड्रोनले गाडीमा आक्रमण गर्दा दुईजना लडाकुको ज्यान गएको बताएका छन् । आक्रमणमा हाक्वानी संजालका कमाण्डर जमिउद्विन मारिएको अधिकारीले बताएका छन् । हक्वान संजालले अफगानिस्तानमा गुरिल्ला युद्व गर्दै आएको छ ।

हाक्वानी संजालले अफगानिस्तानमा धेरैजनाको अपहरण गर्ने गरेको बताइएको छ ।

उक्त संजाललाई भारतको स्वार्थमा अफगानिस्तानमा २००८ को काबुल आक्रमण गरेको आरोप लाग्दै आएको छ । काबुल आक्रमणमा ५८ जनाको मृत्यु भएको थियो ।

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com