भारत सन् २०१८ मा विश्वकै पाँचाँै ठूलो अर्थतन्त्र बन्ने


प्रकाशित मिति : पुस १२, २०७४ बुधबार

भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचाँै ठूलो अर्थतन्त्र बन्ने मङ्गलबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ ।
भारत अहिलेसम्म विश्वको सातौँ ठूलो अर्थतन्त्र रहेको भएपनि सन् २०१८ मा दुईस्थान माथि चढ्दै पाँचौँ स्थानमा पुग्न देखिएको लण्डनस्थित आर्थिक तथा व्यवसायिक अनुसन्धान केन्द्र (सेन्ट्रल फर इकोनोमिक्स एण्ड विजिनेस रिसर्च)द्वारा जारी बार्षिक प्रतिवेदनमा जनाइएको छ ।

त्यसैगरी भारतले सन् २०३२ मा आफ्नो अर्थतन्त्रलाई विश्वकै तेस्रो स्थानमा पु¥याउने लक्ष्य लिएको पनि प्रतिवेदनमा उल्लेख छ ।
भारतको नेतृत्वमा भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदी निर्वाचित भएर आएपछिका तीन बर्षमा भारतीय अर्थतन्त्रले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा तीन बर्षकै निम्न आर्थिक उपलव्धि हाँसिल गरेको छ । प्रधानमन्त्री मोदीले करको प्रणालीमा व्यापक परिवर्तन गर्न भनी भारतीय ठूला दरका पूराना नोटमा प्रतिबन्ध लगाएपछि सो कमी आएको थियो ।
आर्थिक विकास दरमा निर्णयपछिका तीन महिनामा ५.७ प्रतिशतमा खुम्चिएकोमा यसमा सामान्य सुधार आई सेप्टेम्बरमा ६.घ प्रतिशत पुगेको थियो ।

अर्थतन्त्रमा आर्थिक बर्षको शुरुमा अस्थायी गिरावट देखिएपनि भारतको अर्थतन्त्रले फ्रान्स र बेलायतको अर्थतन्त्रलाई यसैबर्ष भेट्न सफल भएको र अर्काे बर्षको दुबै देशलाई उछिन्दै डलरको हिसाबमा विश्वको पाँचौ अर्थतन्त्रका रूपमा उदय हुने अनुसन्धान केन्द्रका उपाध्यक्ष डगलास म्याक विलियम्सले बताउनुभयो ।

सस्तो उर्जा र डिजिटल प्रणालीमा ल्याएको परिवर्तनले विश्व आर्थिक विकासलाई माथि उठाएको उहाँको दावी छ । विश्व अर्थतन्त्रमा चीन, भारत, जापान लगायतको एसियाली मुलुकको आर्थिक विकास छिट्टै हावी हुन लागेको केन्द्रको निष्कर्ष रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेसम्म विश्व अर्थतन्त्रमा संयुक्त राज्य अमेरिका सबैभन्दा अगाडी रहेपनि यसलाई चीनले सन् २०३० सम्ममा उछिन्ने रिपोर्टले पूवानुमान गरेको छ ।उक्तस्थानमा भारत पनि यस शताब्दीको दोस्रो भागको शुरुमा केही समय पुग्ने अनुमान रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com