रुसी विपक्षी नेताद्वारा निर्वाचान बहिस्कारको अपिल


प्रकाशित मिति : पुस ११, २०७४ मंगलबार

रुसका विपक्षी नेता एलेक्से नभाल्नीले रुसमा आगामी वर्ष हुन लागेको राष्ट्रपतीय निर्वाचनमा सहभागी नहुन र मतदान बहिस्कार गर्न रुसी जनतासमक्ष अपिल गर्नुभएको छ ।

यहाँको निर्वाचन आयोगले उहाँलाई राष्ट्रपतिमा उठ्न वञ्चित गरेको छ । आफूलाई भ्लादिमिर पुटिनका विरुद्धमा उक्त चुनावमा उठ्न वञ्चित गरेपछि उहाँले अरुलाई पनि निर्वाचन बहिष्कार गर्न आह्वान गर्नुभएको हो ।

उहाँले प्रमुख विपक्षी विनाको चुनावको वैधानिकता पनि नहुने बताउनुभएको छ । त्यसैले उहाँले मतदाताहरुलाई पनि सो अवैध निर्वाचनको विरोध जनाउन आह्वान पनि गर्नुभएको छ ।

रुसको निर्वाचन आयोगले नभाल्नीलाई फौजदारी अभियोगमा दोषी ठहराइएको भन्दै राष्ट्रपतिको उम्मेदवार बन्न पनि अयोग्य ठहराएको जानकारी हालैमात्र दिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रुसमा पुनः यहाँका राष्ट्रपति भ्लादिमिर पुटिन राष्ट्रपतीय निर्वाचनमा उठ्न लाग्नुभएको छ । उहाँ यस पटक चौथो कार्यकालका लागि राष्ट्रपतिमा उठ्न लाग्नुभएको छ ।

नभाल्नि ४१ वर्षको मात्र हुनुहुन्छ । उहाँलाई राष्ट्रपति भ्लादिमिर पुटिनको एक बलियो चुनौतीका रुपमा हेरिएको थियो । पुटिनलाई चुनौती दिनसक्ने एकमात्र उम्मेदवारका रुपमा उहाँलाई हेरिएकोमा निर्वाचन आयोगले नै अयोग्य ठहराइदिएको छ– एकजना राजनीतिक विश्लेषकले बताएका छन् ।

उहाँलाई केही समयअघि लगाइएको भ्रष्टाचारसम्बन्धी अभियोगमा दोषी ठहरिएको भनेर रुसको निर्वाचन आयोगले चुनावमा उठ्न नपाउने निर्णय दिएको थियो ।

तर त्यो आरोपको उहाँले ठाडै खण्डन गर्नुभएको छ । उहाँले निर्वाचन आयोगले आफूविरुद्ध लगाएको अभियोग राजनीतिक रुपमा प्रेरित भएको र त्यो सबै राष्ट्रपति पुटिनको निर्देशनमा भएको जानकारी दिनुभएको छ ।

निर्वाचन आयोगको यो निर्णयका विरुद्धमा रुसी नागरिकले विरोध प्रदर्शन गर्ने चतावनी पनि उहाँले दिनुभएको बताइएको छ । उहाँले यो चुनाव नभई पुटिनका पक्षधरहरुले मात्र भागलिने राजनीतिक कार्यक्रम भएको पनि आरोप लगाउनुभयो ।

पुटिनका समर्थकहरुले मनोनयन प्रक्रियाका लागि मंगलबार एकजुट हुन लागेका छन् । नभाल्नीले आफूले पनि विपक्षीका तर्फबाट सो निर्वाचनको विरोधमा प्रदर्शनको नेतृत्व गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com