ब्रुसेला रोगकी बिरामी सम्झनालाई नर्भिकले गरिदियो निःशुल्क उपचार


प्रकाशित मिति : पुस १०, २०७४ सोमबार

पुस १०, काठमाडौं सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी एक सामाजिक अभियन्ताले नयाँ जीवन पाएकी छिन्।

ब्रुसेला नामक रोगबाट पीडित सम्झना सापकोटालाई समाजसेवी दुर्गानाथ दाहालमार्फत नर्भिक अस्पतालले निःशुल्क उपचार गरेपछि नयाँ जीवन पाएकी हुन्।

हेटौँडाको मानवसेवा आश्रममा आफ्नो जीवन समर्पण गरेर सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी अभियन्ता सापकोटालाई केही समयअघि उक्त रोग लागेको थियो।

शुरुमा हेटौँडा र चितवनमा उपचार गराए पनि रोग निको नभएपछि समाजसेवी दाहालको पहलमा नर्भिक अस्पतालले उनलाई निःशुल्क उपचार गरेको हो । अहिले उनी १४ दिनको उपचारपछि पूर्णरुपमा निको भएर आश्रम फर्केकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त रोगको उपचार सेवा अत्यन्त महँगो पर्ने गरेको अस्पतालकी निर्देशक मेघा चौधरीले जानकारी दिइन्।

यो रोग लागेपछि शुरुमा टाउको दुख्ने, शरीर सुन्निने, रिँगटा लाग्ने लक्षण देखिने केही समयमै मिर्गौला र कलेजोले काम नगरी बिरामीको मृत्यु हुने अस्पतालले जनाएको छ । यो रोग लाखौँमा कसैकसैमा मात्र देखिने अस्पतालले जनाएको छ ।

रोग निको भएर अस्पतालबाट डिस्चार्ज भएकी सापकोटाले भनिन्, ‘मेरो आफ्नो प्रयासबाट उपचार गर्न सम्भव थिएन, निर्देशक चौधरी र समाजसेवी दाहाल मेरो लागि भगवान् जस्तै हुनुभयो, अबको बाँकी दिन समाजसेवामै बिताउँछु ।’

शुरुमा सापकोटालाई आश्रमले नै करिब रु दुई लाखजति हेटौँडा र चितवनमा उपचारका क्रममा खर्च बेहोरेको भए पनि काठमाडौँ ल्याएपछि उपचार खर्च महँगो पर्ने भएपछि उपचार खर्च बेहोर्न नसकेको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारले जानकारी दिए।

यसअघि पनि दाहालको पलहमा अस्पतालले विभिन्न व्यक्तिको निःशुल्क उपचार गरिसकेको बताउँदै निर्देशक चौधरीले आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिने बताए।

केही दिनअघि पनि दाहालले वीर अस्पतालको शय्यामा उपचार खर्च नभएर छटपटाइरहेका एक बिरामीको उद्धार गरी नर्भिक पु¥याई निःशुल्क उपचार गराएका थिए। उपचारपछि मदन नाम बताउने उनलाई परिवार नभेटिञ्जेल मानव सेवा आश्रमले लालनपालन गर्ने जिम्माका साथ राखेको छ । समाजसेवी दुर्गानाथ दाहालको पहलमा उपचार भएको थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com