फिलिपिन्समा बस दुर्घटना, संयुक्त परिवारका २० जनाको मृत्यु


प्रकाशित मिति : पुस १०, २०७४ सोमबार

पुस १० मनिला, पुस १० । उत्तरी फिलिपिन्समा क्रिसमस पर्व मनाउन गइरहेको एउटा बस सोमबार दुर्घटना हुदाँ कम्तीमा २० जनाको मृत्यु भएको छ ।

क्रिसमस मनाउनका लागि गइरहेको एउटा संयुक्त परिवारका २० जना रहेको सो बस विपरीत दिशाबाट आएको अर्को बससँग ठोक्किँदा सो दुर्घटना भएको हो ।

आगी सहरमा क्रिसमसको उपलक्षमा चर्चतर्फ गइरहेको सो सानो बसलाई ठूलो बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन् । सानो बसमा रहेका २० जनाको मृत्यु भएको हो ।

यस घटनामा ज्यान गुमाउनेमा ६ बालबालिकासमेत रहेका छन । सानो बसका नौजना र ठूलो बसका १७ व्यक्ति घाइते भएका क्षेत्रीय प्रहरीले दिएको पछिल्लो जानकारीमा जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फिलिपिन्सको आगी सहर राजधानी मनिलाबाट २ सय किलोमिटर उत्तरीतर्फ रहेको बताइएको छ ।

फिलिपिन्समा दावाओ सिटीमा शनिबार एउटा सपिङ मलमा भएको आगलागीमा परी ३७ जनाको मृत्यु भएको थियो । त्यसलगत्तै सोमबार फेरि यो अर्को दुर्घटना भएको छ ।

उता शुक्रबार आएको ‘टेम्बिन’ नामक आँधीमा परी मृत्यु हुनेहरुको संख्या २४० पुगेको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । प्राप्त अर्को एक समाचारमा उक्त प्रकोपको पनि खतरा नघटेको बताइएको छ ।

फिलिपिन्सको दोस्रो ठूलो टापूका रुपमा चिनिने मिन्दानाओमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या सोमबार २४० नाघेको अधिकारीहरुले जनाएका छन् ।

साथै, अझै पनि सयौं व्यक्ति बेपत्ता भएका अधिकारीले जानकारी दिएका छन् । उक्त आँधीमा परी बेपत्ता रहेका दर्जनौँ व्यक्ति अब भेटिने सम्भावना कमै रहेको पनि अधिकारीहरुले जनाएका छन् ।

यस आँधीका कारण ५० हजारभन्दा बढी सर्वसाधारण घाइते भएका छन् भने सयौँ घर ध्वस्त भएका तथा कतिपय त गाउँ नै बाढीले बगाएको पनि जनाइएको छ ।

यसरी गएको शुक्रबारदेखि फिलिपिन्समा आएको निरन्तर रुपमा प्राकृतिक प्रकोप र दुर्घटनापछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पनि दुःख व्यक्त गरेका थिए । रासस रसिन्ह्वा०

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com