इरान र साउदी अरेबियामध्ये को शक्तिशाली?


प्रकाशित मिति : पुस १०, २०७४ सोमबार

मध्यपूर्वमा एकातिर इजरेल र मुस्लिम मुलुकहरुबीच टकराव छ भने अर्कोतर्फ शिया मुस्लिम बहुल इरान र सुन्नी बहुल साउदी अरेबियाबीच शत्रुता छ।

सोही शत्रुताको जगमा इजरेल र साउदी अरेबियाबीच मित्रता बढिरहेको बताइँदैछ।

पछिल्ला वर्षहरुमा साउदी अरेबिया र इरानबीच शत्रुता बढ्दै गएको बताइन्छ।

ती दुई देशका निम्ति अहिले यमन युद्ध मैदान बनेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वरुप

यमनमा एकातर्फ साउदी नेतृत्वको गठबन्धन फौज छ भने अर्कोतर्फ हूथी विद्रोही छन्।

इरानमाथि हूथी विद्रोहीलाई सघाउँदै आएको आरोप छ।

के इरान र साउदी अरेबिया यमनबाट निस्केर भविष्यमा आमुन्नेसामुन्ने हुनेछन्? यदि त्यस्तो भयो भने कसको जित हुनेछ?

यो कुरा स्पष्ट छ कि जित सैन्य शक्तिमा मात्रै निर्भर गर्दैन बरु विश्वको शक्तिशाली देश कसको पक्षमा उभिन्छ त्यसले अझ महत्त्व राख्दछ।

साउदी

यो मुद्दामा पनि विश्व शक्ति बाँडिएका छन्। साउदी अरेबियालाई अमेरिकाको साथ छ भने इरानसँग रुस उभिएको छ।

सिरियामा अमेरिकी नेतृत्वको खेमाको हार र रुसी समर्थन प्राप्त राष्ट्रपति बशर अल-असदको फौजको जितपछि मध्यपूर्वमा शक्तिको स्वरुप बदलिएको छ।

अमेरिका र साउदी अरेबिया असदलाई हटाउन लागिपरेका छन् भने रुस र इरानले उनलाई साथ दिइरहेका छन्।

उक्त पृष्ठभूमिमा प्रश्न उठ्छ- युद्ध मैदानमा साउदी अरेबियामाथि इरान हावी हुन्छ वा इरानमाथि साउदी अरेबिया?

दुवै देशको सैन्य सामर्थ्यका आधारमा पनि हामी यसलाई बुझ्न सक्छौँ।

यमन

तथ्यले के भन्छ?

  • इरानसँग ५ लाख ६३ हजार सशस्त्र बल छ जबकि साउदी अरेबियासँग २ लाख साढे ५१ हजार
  • इरानसँग १ हजार ५१३ वटा युद्ध ट्यांक छन् भने साउदी अरेबियासँग ९००
  • इरानसँग३३६ लडाकु विमान छन्, तीमध्ये केही पुरानो भएकोले मर्मत सम्भारको आवश्यकता छ
  • साउदी अरेबियासँग ३३८ आधुनिक लडाकु विमान छन्
  • इरानसँग १९४ वटा गस्ती गर्ने डुङ्गा छन् भने साउदी अरेबियासँग ११ वटा
  • इरानसँग २१ वटा युद्धपोत छन् भने साउदी अरेबियासँग एउटा पनि छैन

के दुई देश युद्धमा जान सक्छन्?

अहिलेसम्म तेहरान र रियाद वाक्‍युद्धमा व्यस्त छन्, दुई देश प्रत्यक्ष युद्धका लागि तयार देखिँदैनन्।

रियादमा यमनबाट क्षेप्यास्त्र खसालिएपछि समीकरण बदलिएकोछ।

खाडी मुलुकको पानीलाई लिएर दुई देशबीच संघर्ष हुन सक्छ। तर त्यहाँ पनि खतरा हुन सक्छ किनकि अमेरिका र अन्य पश्चिमा शक्तिहरुका लागि खाडीमा पानीजहाज आवतजावत गर्न पाउने स्वतन्त्रता आवश्यक छ।

अमेरिका र उसका साझेदार मुलुकहरुले लामो समयदेखि इरानलाई मध्यपूर्वमा अस्थिरता फैलाउने देशका रुपमा हेर्दै आएका छन्।

साउदी अरेबियाले पनि इरानलाई एउटा खतराको रुपमा हेर्ने गरेको छ र इरानविरुद्ध आवश्यक परे जस्तो सुकै कारबाही गर्न तयार देखिन्छ।

कसका क्षेत्रीय समर्थक को?

साउदी खेमामा सुन्नी देशहरु छन् जस्तो कि संयुक्त अरब एमिरेट्स, कुवेत, बहराइन, इजिप्ट र जोर्डन।

इरानलाई सिरियाली सरकारबाहेक शिया लडाकु समूहहरुको पनि समर्थन छ जस्तो कि सुन्नी विद्रोहीविरुद्ध लड्दै आएको हिज्बुल्लाह समूह।

युद्ध

शिया बहुल इराक सरकारको पनि इरानलाई समर्थन छ।

अमेरिया र इराकले मिलेर इस्लामिक स्टेट लडाकुविरुद्ध लडाइँ गरेका छन्।

साउदी अरेबिया मध्यपूर्वमा हार्दै हो?

कैयौँ अर्थमा इरानले क्षेत्रीय लडाइँ जितिरहेको अवस्था छ।

सिरियामा इरान र रुसले राष्ट्रपति बशर अल-असदलाई समर्थन गरिरहेका छन् जसलाई साउदी समर्थित विद्रोही समूहलाई परास्त गर्न सफलता मिलेको छ।

उता लेबननका प्रधानमन्त्री साद हिरिरिले हालै साउदी अरेबियाको दबाबमा राजीनामा घोषणा गरेको कतिपयको विश्वास छ।

त्यसले लेबननको राजनीतिमा रहेको हिज्बुल्लाहको एउटा राजनीतिक खेमा कमजोर हुन्छ भन्ने बुझाइ छ।

इरानलाई खतराको रुपमा हेर्दै आएको इजरेलले इरानलाई रोक्ने प्रयासमा साउदी अरेबियालाई समर्थन गरिरहेको छ।

सिरियासँगको सीमामा कब्जा जमाएका इरान समर्थित लडाकुसँग इजरेललाई डर छ।

इरानको पारमाणविक कार्यक्रमसम्बन्धी सन् २०१५ को अन्तर्राष्ट्रिय सम्झौताको इजरेल र साउदी अरेबियाले विरोध गरेका थिए।

इरानलाई परमाणु अस्त्र प्राप्त गर्ने दिशाबाट रोक्न त्यो पर्याप्त नभएको दुई देशको तर्क थियो।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com