चर्चित मोडल रोशनले दुबईमा अनुलाई दिए धोका


प्रकाशित मिति : पुस ७, २०७४ शुक्रबार

रोशन पोखरेल 

राधिका म्युजिक प्रालीको प्रस्तुतिमा  गायिका कला मगर र गायक मनु बि.सि को  स्वरमा “ए निष्ठुरी ” बोलको  म्युजिक भिडियो युटुव मार्फत सार्वजनिक भएको छ । माया प्रेम र विछोडको गित संगित लाई आम दर्शक तथा श्रोताले मन पराइरहेको अवस्थामा प्रेमी र प्रेमिका विचमा हुने मायाको फाटोलाई भावनात्मक रुपमा समेटिएको छ ।चोखो मायामा भौतारिएकी प्रेमीकालाई मायाको अभाव भएको कुरा गितमा व्यक्त गरिएको छ ।

सगै मर्ने र सगैँ बस्ने बाचा खाएको अवस्थामा पनि मायाको भाव ब्यक्त गर्न नदिने प्रेमिकालाई माया गर्न आग्रह प्रेमीले गरेका छन । कसैको अभावमा भोगिएको पिडाका शब्दहरु ब्यक्त गर्न निकै अफटयारो हुने गर्दछ सोही पिडालाई मार्मिक रुपमा “ए निष्ठुरी ” गितमा व्यक्त गरिएको छ । मनु विसीको शब्द तथा संगित संयोजनमा तयार पारिएको गितलाई दर्शक तथा श्रोताले अधिक मन पराउने र बास्तविक भोगाईमा आधारित भएको गितलाई मन पराउने अपेक्षा निमार्ण पक्षले गरेको छ ।

क्मल निरजन को निर्देशन तथा छायाँकन उत्तम कुमार कार्कि को सम्पादन “ए निष्ठुरी ”को भिडियोमा रहेको छ भने परदेशमा बसेर पनि नेपाली गित संगितलाई निकै माया गर्ने कलाकार रोशन पौडेल , अनु शेर्पा , लाक्पा युक्ति शेर्पा , मिलन अधिकारीको अभिनय रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com