वल्र्ड फेशन परेडको आयोजनामा अमेरिकाको म्यानहटनमा भोली असोज ८ गते ‘नेपथ्य लाइभ इन कन्सर्ट फर पिस’ हुँदैछ । असोज ९ गते फेशन फर पिसको नाममा म्यानहटनकै ऐतिहासिक गोथाम हलमा फेशन सो पनि गरिदैछ । तीन सो चल्ने यो फेशन सो नेपाली दर्शकका लागि साँझ ५ बजे बजेको समय छुट्याइएको छ ।
अमेरिकी मिडियाको चासो रहने यी दुवै कार्यक्रमको आयोजनामा ‘इन्टरनेशनल ह्युम्यान राइट्स कमिशन’ साझेदार रहेको छ । युनेस्को, नेपाल टुरिज्म बोर्ड, गोरखाको बारपाकमा विद्यालय पुनर्निर्माण र ८०० विद्यार्थीलाई पढ्न सघाईरहेको गोर्खाली फाउण्डेशनले सहयोग गरिरहेको छ । वल्र्ड फेशन परेडको उद्घाटन महात्मा गान्धीका नाती अरुण गान्धीले गर्नेछन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।