आगलागीमा परी कोरियामा २९ जनाको मृत्यु


प्रकाशित मिति : पुस ६, २०७४ बिहीबार

दक्षिण कोरियाको मुख्य सहर मध्येमा पर्ने जोसेन सहरमा रहेको एउटा भवनमा अगालागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ ।

राजधानी सोल देखि झण्डै १७० किलोमिटर दक्षिणपूर्वमा पर्ने ठाँउमा रहेको आठ तले भवनमा आगलागी भएको हो ।
आगलागी भएको भवनमा ब्यायाम केन्द्र, सार्वजनिक स्नान कक्ष र रेष्टुरेन्ट सञ्चालनमा रहेको अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् ।
मृत्यु भएकामध्ये सवै जना भवनको दोस्रो तलामा रहेकोे अधिकारीहरुले बताएका छन् । उनीहरु सवै जना घटनास्थलमै मृत अवस्थामा फेला परेका थिए ।
आगलागीमा परी अरु २६ जना घाइते भएका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । धुवाले निसास्सिएकै अवस्थामा उनीहरुलाई अस्पताल प¥याइएको हो ।
घाइतेहरुको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न अस्पतालका चिकित्सकहरुले जानकारी दिएका छन् ।


स्थानी समय अनुसार दिउसो ३.५३ बजे आगलागी सुरु भएको थियो । आगलागी भए लगत्तै ५० ओटा अग्नी नियन्त्रक यन्त्र, ६० जना अग्नी नियन्त्रक र हेलिकोप्टर आगलागी नियन्त्रण गर्न र पिडितहरुलाई उद्धार गर्न खटाइएको थियो ।

उनीहरुले बेलुका ५.४० मा मात्रै आगो नियन्त्रणमा लिन सकेका थिए । अहिले पनि उद्धारकर्ताहरुले जलेको भवन भित्र अरु पनि कोही जलेको वा जिवितै हुन सक्ने आशंका सहित खोजी गरिरहेका छन् ।
उद्धारकर्ताहरुले भवन भित्र जिवितै रहेको भेट्ने संभावना निकै कम रहेको र थप मृतकहरु भने भेटीन सक्ने अनुमान गरेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com