फिलिपिन्स डुङ्गा दुर्घटनामा चार जनाको मृत्यु, ८८ वेपत्ता, १६६ जनाको उद्धार


प्रकाशित मिति : पुस ६, २०७४ बिहीबार

फिलिपिन्सको उत्तरपूर्वी क्षेत्र इन्फान्टाबाट पोलिल्लो टापूतर्फ २५८ जना यात्रलाई लिई छुटेको र चालक दलका सदस्यसहित छुटेको एक डुङ्गा विहीबार दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु भएका,े अन्य ८८ जना वेपत्ता रहेका फिलिपिनी अधिकारीले जनाएका छन् ।

सामुद्रिक सुरक्षा गार्डले डुङ्गामा यात्रारत १६० जनालाई नौसेना र सामुद्रिक सुरक्षा अधिकारीको पहलमा सकुशल उद्धार गरिएको फिलिपिन्सले जनाएको छ ।

फिलिपिन्सको सामुद्रिक क्षेत्रमा आएको विशाल आँधीपछि समुद्रमा आएका तरङ्ग पार गर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।

घटनामा परी जीवन जोगाएका यात्रु दोनेल जेद मान्दिओलाले फिलिपिनी डिजेडएमएम रेडियोलाई घटनाबारे भन्नुभयो, “खराब मौसमका कारण क्वोएजन प्रान्तबाट डुङ्गा केही ढिलो गरी छुटेको तर बाटोमा करिब दुई घण्टा कडा तथा विशाल छाललाई पार गर्दै अघिबढिरहेका वेला डुङ्गाको अगाडीको भागबाट पानी पसेको थियो । डुङ्गा डुब्ने देखिएपछि यात्रुहरू एकैतर्फ जम्मा हुँदा डुङ्गा ढल्किएको र सुरक्षाका लागि यात्रुहरूलाई लाइफ ज्याकेट प्रयोग गर्न भनिएको थियो ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डुङ्गामा भारवहन क्षमताभन्दा बढी यात्रु रहेको भने नपाइएको सुरक्षाकर्मीले जनाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com