संयुक्त राष्ट्र संघकी विशेष दूत याङ्ही लीलाई म्यानमार प्रवेशमा रोक


प्रकाशित मिति : पुस ६, २०७४ बिहीबार

Professor Yanghee Lee in JPG

काठमाडौं, ६ पुस । म्यानमारले संयुक्त राष्ट्र संघको विशेष दूतलाई मुलुकभित्र प्रवेश गर्न रोक लगाएको छ ।

रखाइन प्रान्तमा रोहिंग्या मुसलमानमाथि भएको अत्याचार र दमनको अनुसन्धान गर्न आगामी जनवरीमा म्यानमार जाने तयारीमा रहेकी राष्ट्र संघकी विशेष दूत याङ्ही ली लाई प्रवेश गर्न रोक लगाइएको हो । याङ्हीले म्यानमार सरकारले आफूलाई रखाइन प्रान्तमा जाने अनुमति नदिएको बताएकी छिन् । उनले म्यानमार सरकारले आफ्नो कार्यकालभर सहयोग नगर्नेसमेत जनाएको बताएकी छिन् । याङ्हीले यसअघि गत जुलाईमा म्यानमारको भ्रमण गरेकी थिइन् । म्यानमार सरकारले भने याङ्हीले भ्रमणका क्रममा पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाएको छ । गत अगष्टमा रखाइन प्रान्तको एक प्रहरी चौकीमाथि रोहिंग्या चरमपन्थीले हमला गरेपछि सेनाले कारबाही गर्दा हिंसा भड्किएको थियो । त्यसपछि साढे ६ लाख रोहिंग्या मुसलमान बंगलादेश पलायन भइसकेका छन् । रोहिंग्यामाथि भएको हिंसाको अन्तर्राष्ट्रिय स्तरमा विरोध भएको छ । संयुक्त राष्ट्रसंघले पनि गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com