सहयोग रोक्ने ट्रम्पको चेतावनी


प्रकाशित मिति : पुस ६, २०७४ बिहीबार

राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघमा जेरुसलेमबारे मतदानमा अमेरिकाको विपक्षमा उभिने देशहरु विरुद्ध आर्थिक सहायता रोक्का गर्ने चेतावनी दिएका छन्।

राष्ट्रसंघको महसभाका सदस्यहरुले बिहीवार जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने ट्रम्पको निर्णयलाई आलोचना गरेको एउटा प्रस्तावमाथि मतदान गर्दैछन्।

अरब र मुस्लिम देशहरुको माग बमोजिम १ सय ९३ सदस्यीय महासभाको आपतकालिन सत्र बिहीवार डाकिएको छ।

यसअघि राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले मस्यौदा प्रस्तावलाई समर्थन गर्नेहरुको नाम राष्ट्रपति ट्रम्पलाई उपलब्ध गराउने चेतावनी दिएकी थिइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चेतावनी

राष्ट्रपति ट्रम्पले यदि संयुक्त राज्य अमेरिकाको विपक्षमा विभिन्न देशहरुले मतदान गरे भने त्यसलाई आफूले वेवास्ता गर्ने संवादाताहरुलाई बताए।

अमेरिका

आफ्नो प्रशासनको विपक्षमा उभिने देशहरुलाई सहायता रोक्ने खुल्ला चेतावनी दिने क्रममा उनले वाशिङटनको ठूलो परिमाणको रकम जोगिने उल्लेख गरेका थिए।

यसअघि राष्ट्रसंघका लागि अमेरिकी राजदूत हेलीले आफूहरुले सहयोग उपलब्ध गराइरहेका देशहरु अमेरिकाको विपक्षमा उभिने अपेक्षा आफूले नगरेको बताएकी थिइन्।

इरानका विदेशमन्त्रीले ट्रम्पको प्रतिक्रियाले उनले लोकतन्त्रको अवहेलना गरेको प्रष्ट पारेको प्रतिक्रिया दिएका छन्।

माग

मस्यौदा प्रस्तावले जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने ट्रम्पको निर्णय उल्ट्याउन माग गरेको छ।

महासभामा ‘भिटो’ अर्थात विशेषाधिकार प्रयोग गर्न नपाइने भएकाले त्यो सहजै पारित हुने ठानिएको छ।

अमेरिकाले भिटो प्रयोग गरेकाले राष्ट्रसंघको सुरक्षा परिषद्‌मा प्रस्तुत यस्तै खालको प्रयास विफल भएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com