भगौडा सैनिकका कारण गोली प्रहार


प्रकाशित मिति : पुस ६, २०७४ बिहीबार

एक जना उत्तर कोरियाली भगौडा सैनिकका कारण दक्षिण कोरिया र उत्तर कोरियाको उच्च सुरक्षा व्यवस्था भएको स्थल सीमा क्षेत्रमा दुवै देशका फौजले गोली प्रहार गरेका विवरणहरु आएका छन्।

कोरियाली प्रायद्वीपमा तनाव चुलिएका बेला यो घटना भएको हो।

केही साता यता भएको यो दोस्रो यस्तो प्रकृतिको घटना हो।

अघिल्लो महिना सीमा क्षेत्रमा लखेटेर एक जना उत्तर कोरियाली सैनिकलाई आफ्नै साथीहरुले गोली हान्दा उनी गम्भिर घाइते भएका थिए।

सीमा

स्थानीय समय अनुसार बिहानको ८ बजे बाक्लो हुस्सु लागेको समयमा भएको पछिल्लो घटनामा ती उत्तर कोरियाली सैनिकले सीमा क्षेत्रको मध्य भाग नाघेका थिए।

त्यसको लगत्तैपछि उत्तर कोरियाली फौजहरु ती भगौडा सैनिक खोज्दै उत्तर र दक्षिण कोरिया छुट्याउने सीमा रेखा नजिकैको क्षेत्रमा आएका थिए।

त्यसको जवाफमा दक्षिण कोरियाली सुरक्षाकर्मीले चेतावनी स्वरुप २० पटक गोली चलाएको दक्षिण कोरीयाली अधिकारीहरुले जानकारी दिएका छन्।

त्यसको आधा घण्टापछि उत्तरबाट पनि गोली चलेका आवाजहरु सुनिएका छन्।

तेब्बर

गोलीले दूवैतर्फका सीमा क्षेत्र ननाघेको ठानिएको छ।

कोरिया

ती भगौडा सैनिकलाई दक्षिण कोरियाली अधिकारीहरुले सोधपुछ गरिरहेका छन्।

उत्तर र दक्षिण कोरियाको सो सीमा क्षेत्र विश्वकै सबैभन्दा कडा सुरक्षा व्यवस्था भएको सीमा क्षेत्र मानिन्छ।

दक्षिण कोरियाली तथ्यांक अनुसार यस वर्ष ४ सैनिक सहित १५ जना उत्तर कोरियालीले देशबाट भाग्ने क्रममा उक्त क्षेत्र पार गरेका छन्।

यो संख्या अघिल्लो सालको भन्दा तीन गुणा धेरै भएको बताइन्छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com