छानबिनपछि ब्रिटेनका उपप्रधानमन्त्री बर्खास्त


प्रकाशित मिति : पुस ६, २०७४ बिहीबार

ब्रिटेनमा प्रधानमन्त्री टरिजा मेका निकटस्थ रहेका उपप्रधानमन्त्री डेमियन ग्रीनलाई आचारसंहिता उल्लंघनमा दोषी ठहर गर्दै बर्खास्त गरिएको छ।
सन् २००८ मा उनको कार्यालयको कम्प्युटरमा पाइएका अश्लिल सामग्रीबारे झुट्टो जानकारी दिएको एउटा जाँचले निष्कर्ष निकालेपछि उनी बर्खास्त भएका हुन्।

आफ्नै कन्जरभेटिभ दलकी एक जना महिला अभियानकर्तालाई दुर्व्यवहार गरेको दाबीबारे पनि उनी विरुद्ध अनुसन्धान भइरहेको थियो।

ग्रीनले आफूले गल्ति नगरेको बताएका छन्।

मित्रता

डेमियन ग्रीन र प्रधानमन्त्री टरिजा मेको मित्रता अक्सफर्ड विश्वाविद्यालयमा उनीहरु सँगै अध्ययन गर्ने बेलादेखि सुरु भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ब्रिटेन युरोपेली संघबाट बाहिरिने सहितका कैयौं चुनौतीका माझ एक जना नजिकका मित्र र साझेदार गुमाउनु मेका लागि कठीन हुनेछ।

मे र ग्रीन दुवैका लागि यो गम्भिर धक्का भएपनि यसले राजनीतिज्ञहरुको व्यवहारबारे सवालहरु उठाएको छ।

बर्खास्तीले सरकारको स्थिरतालाई भने कुनै चुनौती दिने देखिदैँन।

छवि

ग्रिन मे

बीबीसीकी राजनीतिक सम्पादक लउरा कुन्सवर्ग भन्छिन, डेमियन ग्रीन सार्वजनिक छवि भएका र एकदमै परिचित खालका नेता होइनन्।

तर उनी प्रधानमन्त्री मेका लागि एकदमै महत्वपूर्ण साझेदार थिए।

राजनीतिक मात्र नभइ सच्चा साथी जो एकअर्कासँग दशकौँदेखि परिचित थिए।

कुन्सवर्गका अनुसार प्रधानमन्त्री मेले केहि मुद्दाहरुमा आफ्नो नियन्त्रण कायम राख्ने प्रयास गरेपछि सरकार कमजोर तर स्थिर भएको भनेर ठट्टा गर्न थालिएको छ।

प्रधानमन्त्री मेले यो निर्णय गम्भिर भएर लिएको बुझिन्छ किनभने आफ्ना मान्यता र व्यक्तित्वसँग सम्झौता नगर्ने छवि उनको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com