प्रसूतिगृहमा आर्थिक सहयोगको दुरुपयोग


प्रकाशित मिति : पुस ५, २०७४ बुधबार

पुस ५, काठमाडौं । गर्भवती महिलाको प्रजनन् स्वास्थ्य र नवजात शिशुको स्वास्थ्य सहुलियतका लागि विशेष कार्यक्रमअन्तर्गत् सरकारले राजधानीको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई बजेटको व्यवस्था गरेको छ ।

तर, त्यस्तो सुविधा जसले पाउनुपर्ने हो, उनले भने पाउनसकेका छैनन् ।

सरकारले गर्भवती महिलाको प्रजनन् स्वास्थ्य र नवजात शिशुको स्वास्थ्यका लागि सहयोग पुगोस् भनेर परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई वर्षेनि ९ करोड ७४ लाख ६९ हजार रुपैयाँ रकम पठाउने गरेको छ ।

यो रकम महिला गर्भवती भएको महिनादेखि बच्चा जन्मेको ४२ दिनसम्मको सम्पूर्ण खर्च अस्पतालले निःशुल्क प्रदान गर्नका लागि सहुलियतस्वरुप छुट्याइएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, अस्पताल विकास समितिबाट उठेको वार्षिक १५ करोड रुपैयाँ पनि आमा र नवजात शिशुको लागि नै छुट्याइएको हुन्छ ।

तर, यस्तो सुविधा अस्पताल प्रशासनमा पहुँच हुनेले उपभोग गरे पनि पहुँच नहुने र वास्तविक आवश्यकता भएका महिलाले भने त्यसअनुसार सेवा सुविधा नपाएको गुनासो गरेका छन् ।

अस्पताल आएका महिलालाई ६८ ओटा औषधि निःशुल्क वितरण गर्न भनेर स्वास्थ्य मन्त्रालयले पनि वार्षिक १ करोड ५० लाख थप बजेट पठाउने गरेको छ । तर, आमा र बच्चालाई चाहिने सम्पूर्ण औषधि आफैंले किनिरहेको उनीहरु बताउँछन् ।

यता, अस्पताल प्रशासनले पनि कुन–कुन औषधि अस्पतालले निःशुल्क प्रदान गर्ने भन्ने विवरण सार्वजनिक गरेकोसमेत पाइएन ।

अस्पतालका वरिष्ठ चिकित्सक एवं उपनिर्देशक डा. गेहेन्द्रराज.बराल अस्पताल आउने सबै गर्भवती र सुत्केरी महिलाले सबै सेवा–सुविधा निःशुल्क पाइरहेको दाबी गर्छन् ।

उनकाअनुसार यो सुविधाभित्र महिलाको पाठेघरको शल्यक्रियासमेत पर्दछ । तर, त्यस्तो शल्यक्रिया गर्न आएका महिलाहरु भने अस्पताल आएको समयदेखि सबै खर्च आफैंले तिरिरहेको बताउँछन् ।

यसैगरी, अस्पतालको खर्चको पारदर्शीता पनि छैन । प्रसूतिगृहमा सामान्य सुत्केरी गराउन ८ ओटा बेड रहेको छ भने ६ ओटा शल्यक्रियाकक्ष रहेको छ । तर, अस्पतालले भने दिनहुँ ६५ जना महिलाको ‘डेलिभरी’ गराउने गरेको छ ।

अस्पतालको बेडको क्षमता र सुत्केरी गराउने गरेको संख्या हेर्दा तालमेल मिल्दैन । बढी संख्या वा बेड के हो ? कसरी फरक पर्न गएको हो ? अस्पताल प्रशासन यसबारेमा मौन छ ।

अस्पातलको व्यवस्थापन पनि निकै कमजोर छ । अस्पतालमा न त खानेपानीको व्यवस्था छ, न त सफा शौचालय नै ।

नेपालको एकमात्र सरकारीस्तरबाट सन्चालित प्रसूतिगृह अस्पतालको व्यवस्थापकीय कमजोरी, लक्षित समुदायमा सेवा–सुविधा र आर्थिक अनियमिततासँगै अनुगमनको कमजोरी पनि रहेको पाइन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com