अमेरिका र क्यानाडाले उत्तर कोरियासम्बन्धी सम्मेलन गर्ने


प्रकाशित मिति : पुस ५, २०७४ बुधबार

उत्तर कोरियाको आणविक सङ्कटका बारेमा संयुक्त राज्य अमेरिका र क्यानाडाले आगामी वर्षको जनवरी महिनामा विदेशमन्त्रीहरुको सम्मेलनको आयोजना गर्ने भएका छन् ।

अमेरिकी र क्यानाडेली विदेशमन्त्रीहरुले मङ्गलबार सो सम्मेलनको आयोजना गर्ने बारेको निर्णय सार्वजनिक गर्नुभएको क्यानाडाको ओटावाबाट प्राप्त समाचारमा जनाइएको छ ।

आगामी जनवरी महिनामा यो सम्मेलनको आयोजना गर्ने र त्यसमा संयुक्त राष्ट्रसंघका लागि दक्षिण कोरिया र जापानी विशेष दूतको पनि सहभागिता रहने बताइएको उक्त समाचारमा उल्लेख गरिएको डछ ।

क्यानाडेली विदेशमन्त्री क्रिश्टिया फ्रिल्याण्डले मङ्गलबार ओटावामा आयोजना गरिएको पत्रकार सम्मेलनमा भन्नुभयो– हामीले उत्तर कोरियाको आणविक सङ्कटको समाधान शान्तिपूर्ण वार्ताका माध्यमबाट खोजियोस भनेर यो सम्मेलन गर्ने निर्णय गरेका हौँ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन क्यानाडाको भ्रमणमा हुनुहुन्छ । मङ्गलबारको पत्रकार सम्मेलन उहाँ र क्यानाडेली विदेशमन्त्रीले संयुक्त रुपमा आयोजना गर्नुभएको हो ।

यस सम्मेलनबाट उत्तर कोरियालाई आणविक कार्यक्रमलाई रोकेर शान्तिपूर्ण रुपमा वार्ताका लागि टेबलमा आउन दबाब सिर्जना गर्ने उहाँले जानकारी दिनुभयो ।

उता मङ्गलबार मात्र जापानले आफ्नो भूमिमा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गर्ने जनाएको थियो । जापानमा हुनसक्ने व्यालेस्टिक एवम् अन्य खालका क्षेप्यास्त्रको आक्रमणबाट जापानलाई जोगाउने उपायस्वरुप यस्तो प्रणाली जडान गर्न लागिएको बताइएको हो ।

जापानमा यो नयाँ निर्णयलाई उत्तर कोरियाले गर्ने गरेको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणसँग जोडेर हेरिएको छ । दुई महिनामात्र अघि पनि उत्तर कोरियाले जापानको समुद्रमा नै पर्नेगरी क्षेप्यास्त्र हानेको थियो ।

जापानी मन्त्रिपरिषद्को मङ्गलबारको बैठकपछि सरकारी प्रवक्ताले भन्नुभयो– उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको विकास नयाँ मोडमा पुगेको र यसले आगामी दिनमा चुनौती पनि थप्न सक्ने देखिएकोले यसको प्रतिरक्षाका लागि उक्त निर्णय गरिएको हो ।

क्यानाडामा हुन लागिएको सो सम्मेलनमा विदेशमन्त्रीहरुको सहभागिता रहने छ । ती विदेशमन्त्रीहरुले आगामी दिनमा यस कोरिया सङ्कटको समाधानका लागि के कस्ता उपायहरु अवलम्बन गर्ने भन्ने बारेमा आवश्यक निर्णय र परामर्श गर्ने बताइएको छ ।

त्यस विदेशमन्त्रीहरुको सम्मेलनमा कुन कुन देशका विदेशमन्त्रीहरुको सहभागिता रहने भन्ने बारेमा भने केही खुलाइएको छैन । मङ्गलबारको सो पत्रकार सम्मेलनमा कोरियाली सङ्कटको विषयालाई लिएर क्यानाडामा विदेशमन्त्रीहरुको सम्मेलन गर्ने भन्ने बारेमा मात्र निर्णय भएको जानकारी गराइएको थियो ।

उत्तर कोरियाले हालैका दिनमा जारी राखेको आणविक परीक्षणका कारण उत्तर कोरिया र दक्षिणबीच व्यापक मात्रामा विवाद जारी रहेको मात्र नभई विश्वमा नै यसले निकै तनाव बढाएको छ ।

गत महिना अघि उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र हानेको थियो । उक्त क्षेप्यास्त्रका विरुद्धमा दक्षिण कोरिया र अमेरिकाले सोलमा संयुक्त सैन्य अभ्यास नै गरेका थिए ।

गएको करिब वर्षदिनसम्म नै उत्तरका क्रियाकलापहरु निकै बढ्दो रुपमा देखिएकोले फेरि पनि अर्काे परीक्षणको तयारी भएको पाइएको समाचारमा जनाइएको छ ।

यसै महिनाको सुरुमा अमेरिकी राष्ट्रपति रेक्स टिलर्सनले उत्तर कोरियासँग विनाशर्त वार्ता गर्ने बताउनुभएको थियो । उहाँले वार्ताको टेबलमा आउन उत्तर कोरियालाई आग्रह पनि गर्नुभएको थियो ।

तर उहाँले वार्ताका लागि गरेको सो आह्वानपछि उत्तर कोरियाको प्रतिक्रिया भने केही आएको छैन । साथै उहाँको सो आह्वानको केही दिनमात्र अघि संयुक्त राष्ट्रसंघीय एकजना उच्च अधिकारीले उत्तर कोरियाको भ्रमण गरेका थिए ।

सो भ्रमणपछि नै उनले पनि उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा देखिएको तनावको समाधान वार्ताको माध्यमबाट गर्न चाहेको विषयमा धारणा सार्वजनिक गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com