अमेरिकाको संसदले तीन दशकपछि कर प्रणालीमा फेरबदल गर्ने


प्रकाशित मिति : पुस ५, २०७४ बुधबार

अमेरिकाको रिपब्लिकन नियन्त्रित संसदले अमेरिकामा तीन दशकभन्दा लामो समयपछि त्यहाँको कर प्रणालीमा फेरबदल गर्ने ठानिएको छ ।

कर प्रणालीमा उल्लेख्य सुधार ल्याउने भनिएको विधेयक तल्लो सदनले पारित गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो पहिलो महत्वपूर्ण विधायकी उपलब्धी हासिल गर्न लागेको रुपमा हेरिएको छ । रिपब्लिकनहरुले कर प्रणालीमा हुने परिवर्तनले मध्यम वर्गीयलाई मद्दत गर्ने बताएका छन् । तर डेमोक्र्याट्हरुले भने यो धनीहरु लक्षित रहेको टिप्पणी गरेका छन् । मंगलबारको तल्लो सदनमा भएको मतदानमा २२७ जनाले नयाँ कर प्रणालीको पक्षमा मतदान गरेका थिए । १२ रिपब्लिकनहरु र सबै डेमोक्र्याट सदस्यहरुले भने त्यसको विपक्षमा बोलेका थिए । राष्ट्रपति ट्रम्पले यो विधेयकलाई देशका लागि क्रिसमसको उपहार भनी व्याख्या गरेका छन् ।

डेमोक्र्याट सांसद बारबरा लिले नयाँ कर कटौतीले तल्लो र मध्यम वर्गीय परिवारका लागि मर्का पर्ने भन्दै विधेयकको आलोचना गरेकी छन् । यो विधेयकले ठूलठूला व्यापारिक कम्पनीहरुले तिर्दै आएको करको दर ३५ बाट २१ प्रतिशतसम्म स्थायी रुपमा कटौती गर्छ । माथिल्लो सदन सिनेटमा अबको केही घण्टामा त्यसबारे मतदान हुने ठानिएको छ । मत सर्वेक्षणहरुले अमेरिकी मतदाता माझ यो विधेयक अलोकप्रिय रहेको देखाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com