अष्ट्रेलियाका आप्रवासी अब सरकारी कोषबाट वञ्चित


प्रकाशित मिति : पुस ५, २०७४ बुधबार

पुस ५, अष्ट्रेलिया सरकारले यहाँ आएका आप्रवासीहरुलाई ३ बर्षसम्म सरकारले दिने सुविधा नपाउने नियमको घोषणा गरेको छ ।

अष्ट्रेलियाका अर्थमन्त्री स्कट मरिसनले सोमबार अर्धवार्षिक बजेट प्रस्तुत गर्ने क्रममा उक्त घोषणा गरेका हुन् । उनका अनुसार अष्ट्रेलिया आएका आप्रवासीहरु सरकारले प्रदान गर्ने विभिन्न सुविधाबाट ३ वर्षसम्म वञ्चित हुनेछन् । यो नियम सन २०१८ को जुलाईदेखि लागु गरिनेछ भने नियम लागु हुन कानुन निर्माण हुनुपर्नेछ । यो नयाँ नियमबाट यहाँको सरकारले १ दशमलव ३ मिलियन डलर बचत गर्ने लक्ष्य राखेको छ । अष्ट्रेलिया सरकारको यो घोषणाबाट यहाँ रहेका नेपाली आप्रवासीहरु समेत प्रभावित हुनेछन् ।

नयाँ नियम अनुसार सर्वसाधारणलाई सरकारले दिने विभिन्न किसिमका सुविधाहरुबाट वञ्चित गरिएको छ । बेरोजगार भत्ता, परिवारलाई ट्याक्समा दिइने सुविधा, काम नपाएका नयाँ कामदारलाई दिइने सुविधा, अभिभावकहरुलाई दिइने विदा वापतको भत्ता र परिवारलाई हेरचाह गर्दा पाइने सुविधा छन् । अष्ट्रेलिया आउने हरेक आप्रवासीले देशका सामाजिक र आर्थिक योगदान पुऱ्याउन सकुन भन्ने उद्देश्यले यो नियमको थालनी गरिएको यहाँका सामाजिक सेवा मन्त्री क्रिस्टियन पोर्टरले बताएका छन् ।

अष्ट्रेलियामा सानो संख्यामा मात्र स्थायी बसोबासको अनुमति पाएका नेपालीहरु भएपनि यस नियमबाट उनीहरु पनि प्रत्यक्ष प्रभावित हुनेछन् । अध्यागमनको क्षेत्रमा विगत एक दशकदेखि काम गरिरहेका संजिव पाण्डे नेपालीहरु मेहनती भएको र प्राय नेपालीहरु सरकारी कल्याणकारी कोषमा भर नपर्ने भएकाले यो नियमले खासै असर नगर्ने दाबी गर्छन् । अर्कोतिर सिनेटमा सरकारको बहुमत नभएकाले हालै घोषणा गरिएका अन्य महत्वकांछी विधेयकहरु असफल भएजस्तै यो पनि सफल नहुने सम्भावना बढी रहेको उनी सुनाउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अष्ट्रेलिया सरकारले सुविधा लिन योग्यता पुगेका सबै नागरिकलाई प्रत्येक दुई सातामा सरकारी कोषबाट सहयोग गर्ने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com