हुथीद्वारा रियादतर्फ क्षेप्यास्त्र प्रहार


प्रकाशित मिति : पुस ५, २०७४ बुधबार

साउदी अरेबियाको राजधानी रियादतर्फ लक्षित गरी प्रहार गरिएको एक क्षेप्यास्त्र साउदी नेतृत्वको सैन्य गठबन्धनले रोकेको साउदी संचारमाध्यमले जनाएका छन्।
गत महिना पनि रियादस्थित विमानस्थललाई लक्षित त्यस्तै एक क्षेप्यास्त्र प्रहार गरिएको बताइएको थियो।

हुथीद्वारा संचालित अल मासिराह टेलिभिजनले विद्रोहीहरुले बुर्कान- टू नामक क्षेप्यास्त्र स्थानीय समयानुसार मंगलबार अपराह्न रियादस्थित अल-यामामा दरबारतर्फ लक्षित गरी प्रहार गरेको जनाएको छ।

अल-यामामा दरबारमा बसिरहेको भनिएको उच्चपदस्थ साउदी नेताहरुको बैठकलाई लक्षित गर्दै सो क्षेप्यास्त्र प्रहार गरिएको उसले बताएको छ।

सो दरबार साउदी राजाको मुख्यालय हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विवरण

शुरुमा राजधानी रियादमा विस्फोट भएका आवाजहरु सुनिएको विवरणहरु आएका थिए।

प्रत्यक्षदर्शीहरुले सामाजिक संजालहरुमा धूँवा उडिरहेको तस्वीरहरु राखेका छन् तर क्षतिका कुनै विवरणहरु आएका छैनन्।

यमन सरकारलाई समर्थन गर्दै साउदी नेतृत्वको सैन्य गठबन्धन हुथी विद्रोहीहरु विरुद्ध लडाई लडिरहेका छ। हुथीहरुलाई इरानले समर्थन गर्दै आएको छ।

इरानले हुथी विद्रोहीहरुलाई क्षेप्यास्त्र उपलब्ध गराएको आरोप साउदी अरेबिया र संयुक्त राज्य अमेरिका दुवैले लगाउँदै आएका छन्। तर इरानले भने हातहतियारहरु आपूर्ति गराएको अस्वीकार गर्दै आएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com