तिहारपछि भारतीय राष्ट्रपति नेपाल आउने


प्रकाशित मिति : आश्विन ७, २०७३ शुक्रबार

नेपालका लागि भारतीय राजदूत रन्जित रायले तिहारपछि भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको भ्रमण गर्ने बताएका छन् ।

भारत सरकारको सहयोगबाट पोखराका विभिन्न ठाँउमा निर्माण गरिएका विद्यालय भवनको  शिलान्यास र उद्धाटन कार्यक्रमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको भारत भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाएको समेत बताए । उनले नेपाल र भारतबीच युगौँदेखि ऐतिहासिक सम्बन्ध रहेको बताउँदै शान्ति, स्थिरता र समृद्धिको लक्ष्यमा दुवै देश लागिरहेको उल्लेख गरे ।

राजदूत रायले शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा भारत सरकारले नेपाल सरकारलाई सहयोग गर्दै आएको र आगामी दिन ७५ जिल्ला पाँच सयभन्दा बढी योजना स्वास्थ्य र शिक्षामा क्षेत्रमा लगानी गर्ने बताए ।

उनले पोखरा उपमहानगरपालिका वडा नं १७ स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसको शिलान्यास  गरे । भारतीय सहयोगमा जिल्ला विकास समिति कास्कीद्वारा निर्माण गरिने गुप्तेश्वर बहुमुखी क्याम्पसको २१ कोठा १० शौचालयसहितको तीनतल्ले भवन तीन करोड ८९ लाख २९ हजार ६८३ रुपियाँमा बन्ने जिल्ला विकास समिति कास्कीका इन्जिनियर नारायण श्रेष्ठले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com