प्रेमीको ऋण तिर्न अपहरणको नाटक


प्रकाशित मिति : आश्विन ७, २०७३ शुक्रबार

प्रेम सम्बन्धलाई निरन्तरता दिन आफ्नै अभिभावकलाई ठग्ने योजना बनाएका एक जोडी प्रहरीको फन्दामा परेका छन् । महानगरीय प्रहरी ललितपुरमा बुधबार साँझ साबु भन्ने सिर्जना खड्का अपहरणमा परेको उजुरी पर्‍यो । प्रहरीले सो उजुरीमाथि अनुसन्धान गर्दा बिहीबार बिहान ८ बजे अपहरणमा परेकी सिर्जना र उनको प्रेमी सिजन भन्ने रामचन्द्र खत्रीलाई पक्राउ गर्‍यो । जसबाट प्रेम सम्बन्धका कारण प्रेमीको ऋण तिरिदिन साबुले आफ्ना अभिभावकसँग गरेको नाटक मात्रै हो भन्ने पत्ता लाग्यो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वर कार्कीका अनुसार उनीहरूको स्थायी घर एकै स्थानमा रहेकाले लामो समयदेखि प्रेममा थिए । पाटनढोका बस्ने साबु भन्ने सावित्री खड्का र प्रेमी काठमाडौं चक्रपथ चप्पल कारखाना बस्ने रामचन्द्र खत्रीको स्थायी घर सिन्धुपाल्चोक कर्थली हो । दुवैजनाले भर्खरै १२ कक्षाको परीक्षा दिएर बसेका हुन् । घर पनि एकै ठाउँ पढाइ पनि समानस्तर र प्रेम सम्बन्ध पनि भएकाले सावित्रीले रामचन्द्रको समस्या सुल्झाउन आफैं अपहरणमा परेको नाटक गरेकी थिइन् ।

प्रहरीका अनुसार बुधबार दिउँसो दुवैजना मिलेर सावित्रीको मोबाइलबाट अपहरण परेको र भनेजति रकम नदिए मुम्बईको कोठीमा पुर्‍याइदिन्छु, प्रहरी तथा आफन्त कसैलाई खबर नगर्नु, गरेमा राम्रो हुँदैन भनेर सावित्रीकी दिदीलाई एसएमएस पठाएका थिए । सोही एसएमएसलाई आधार मानेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो । परिसरका प्रवक्ता कार्कीका अनुसार रामचन्द्र केही महिनाअघि काठमाडौं आएका थिए । उनी काठमाडौं आएपछि भारतीय नेटवर्क कम्पनीमा काम गर्दा उनलाई ऋण लागेको थियो । साथीभाइसँग पैसा उठाएर नेटवर्किङको व्यापार गर्दा उनी ऋणमा डुबेपछि सो कुरा सावित्रीलाई बताएका थिए ।

आफू निकै समस्यामा परेको र ऋण तिर्ने उपाय नभएको भन्दै आपसी सहमतिमा सावित्रीकै मोबाइलबाट एसएमएस पठाएका थिए । तर, एसएमएसमा पैसा भने उल्लेख गरेका थिएनन् । प्रहरीमा दिएको बयानअनुसार २ लाख माग्ने उनीहरुको योजना थियो । सावित्रीकै मोबाइलबाट उनकी दिदीलाई एसएमएस पठाएपछि दिदीले ललितपुर प्रहरीको सहयोग मागेकी थिइन् । ‘बहिनी अपहरणमा परेको भन्दै दिदीले गरेको उजुरी र उनीहरूले पठाएको एसएमएसका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो, उनीहरूलाई बिहान पक्राउ गर्न सफल भइयो,’ प्रवक्ता कार्कीले भने अनुसन्धान गर्दै जाँदा उनीहरू दुवैको योजनामा रामचन्द्रले साथीहरूसँग लिएको ऋण चुक्ता गर्न पैसा जुटाउने उद्देश्यले अपहरणको नाटक गरेको रहेछ ।’ समाजमा नकारात्मक असर पर्ने काम गरेकाले उनीहरू दुवैजनालाई प्रहरीले सार्वजनिक अपराधको मुद्दा लगाएको राजधानीमा खबर छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com