एसाेसिएसन अफ नेप्लीज तराईयन ईन अष्ट्रेलियाको अध्यक्षमा अरुण कुमार ठाकुर


प्रकाशित मिति : पुस ४, २०७४ मंगलबार

सिड्नी । अष्ट्रेलियामा रहेका तराईबासीहरुको संगठन एसोसिएसन अफ नेप्लीज तराईयन ईन अष्ट्रेलिया एन्टाको अध्यक्षमा अरुण कुमार ठाकुर निर्वाचित भएका छन् ।सिड्नीको ग्रयान्भिल स्थित एक होटलमा भएको एन्टाको अधिवेशनमा अरुण कुमार ठाकुर अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

उनी सन् २००९ यता एन्टाका उपाध्यक्षको रुपमा आफ्नो कार्यभार सम्हाल्दै आएका थिए । अध्यक्ष पदका लागि अर्का प्रत्यासि वरुण कर्णले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ठाकुर सर्वसम्मतिले अध्यक्ष पदमा निर्वाचित भए । उपाध्यक्षमा भने युवा व्यवसायी रंजित कुमार साह चुनिए । उनको विरुद्ध अर्को उम्मेदवारी नपरेपछि साह सर्वसम्मतिले नै उपाध्यक्षमा चुनिए ।

त्यसतै सचिवमा तुलसी साह, कोषाध्यक्षमा सनथ गुप्ता र सह-कोषाध्यक्षमा राम प्रवल चौधरी चुनिए । कार्यक्रम संयोजकमा भने प्रभाकर साह र सह-संयोजकमा संतोष गुप्ता सर्वसम्मतिले निर्वाचित भए । त्यसतै कार्यसमिति सदस्यमा भने रोशन गुप्ता, अभिशेख कुमार झा, जुमादिन हवारी, अशोक यादव, अन्जु साह, विभा मिश्रा, संगिता साह, परमानन्द साह र सन्दिप रौनियार चुनिए ।

अगामी दुई वर्षको लागि नयाँ कार्यसमिति चुनिएको हो ।अधिवेशनपछि नवनिर्वाचित अध्यक्ष ठाकुरले “युवा जोश र अनुभवि पदाधिकारीहरुको मिश्रणले एन्टालाई नयाँ गति प्रदान गर्ने र एन्टा गठनको उद्देश्यमा पूरा गर्न यो कार्यकाल महत्वपूर्ण हुने बताए । अधिवेशनमा निवर्तमान अध्यक्ष सुभान्स साहले आफ्नो कार्यकालमा एन्टाले एउटा पहिचान बनाएको बताउदै नयाँ कार्यसमितिले एन्टा मार्फत तराईबासीहरुको सामाजिक, संस्कृतिक, शैक्षिक र आर्थिक विकासमा मद्दत पुर्याउने आशा व्यक्त गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अधिवेशन पश्चात न्यु साउथ वेल्सको २०१७ को उच्च माध्यमिक तहको परिक्षामा ९८.७ प्रतिशत अंक ल्याएर १ प्रतिशत भित्र पर्न सफल विद्यार्थी विवेक मिश्रालाई सम्मान गरियो । विवेक मिश्र महोत्तरी जिल्लाको बथनाहा गाबिसका अंगद प्रसाद मिश्र र विभा मिश्रका जेष्ठ सन्तान हुन् । उनी कक्षा ६ देखि सिड्नि स्थित फोर्ट स्ट्रिट हाई स्कुलबाट उच्च माध्यमिक पढाइ पूरा गरेका हुन् ।नेपाल अस्ट्रेलिया न्युज

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com