अमेरिकी नीतिको रुस र चीनद्वारा निन्दा


प्रकाशित मिति : पुस ४, २०७४ मंगलबार

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार सार्वजनिक गरेको उनको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिलाई रुस र चीन दुवैले निन्दा गरेका छन्।

सो नयाँ सुरक्षा रणनीतिमा ती दुवै देशहरुलाई अमेरिकाका प्रतिद्वन्द्वीका रुपमा प्रस्तुत गरिएको छ।

परिकल्पना

क्रेमलीनका प्रवक्ता दिमीत्रि पेश्कोभले भनेका छन् – पहिलो झलकमै सो सुरक्षा रणनीति साम्राज्यवादी रहेको देखिन्छ र विश्वमा एउटै मात्र सर्वोच्च शक्ति भएको परिकल्पनामा त्यो अड्किएको छ।

तर उक्त रणनीतिको राम्रोसँग अध्ययन गरिनुपर्ने खाँचो रहेको उनले बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चीनको विदेश मन्त्रालयले वासिंगटनलाई शीतयुद्धकालीन मानसिकता बोकिरहेको आरोप लगाएको छ। उसकै शब्दमा‚ त्यसले अमेरिका र अन्य देशहरुलाई हानि पुर्‍याउने छ।

खतरा

रुस र चीन दुवैले उनीहरु अमेरिकाका लागि खतरा भएको विषयलाई अस्वीकार गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले उनको राष्ट्रिय सुरक्षा रणनीतिमा ‘अमेरिका फर्स्ट’ वा ‘अमेरिका पहिले’ भन्ने उनका चुनावी वाचाहरुतर्फ संकेत गरेका थिए।

जलवायुसम्बन्धी प्यारिस सम्झौताबाट अमेरिका अलग्गिनु र अन्तर-प्रशान्त साझेदारी सम्बन्धी व्यापारिक सम्झौता ट्रान्स प्यासिफिक पार्टनरशीपबाट अमेरिका बाहिरिनुलाई उनले आफ्नो कार्यकालको सफलताहरु भनेर प्रस्तुत गरेका छन्। धनी राष्ट्रहरुले अमेरिकाले उनीहरुको बचाउ गरेको कार्यको पहिचान गर्दै उसलाई पैसा तिर्नुपर्ने खाँचो रहेको ट्रम्पले बताए।

पर्खाल

मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने उनको चुनावी वाचाको खाका पनि उनले प्रस्तुत गरेका छन।

साथै, आप्रवासी प्रवेशाज्ञा प्रणालीमा सुधार ल्याउनुपर्ने र त्यो मातृभूमिलाई जोगाउन आवश्यक रहेको उनले बताए।

सुरक्षा रणनीतिको दस्तावेज निकै औपचारिक रहेको छ र त्यसमा चार वटा मूल सिद्धान्तहरु रहेका छन् जसमा मातृभूमिको सुरक्षा‚ अमेरिकी समृद्धिको प्रर्बद्धन‚ शक्तिमार्फत् शान्ति प्रदर्शन गर्ने र अमेरिकी प्रभावलाई विस्तार गर्ने रहेका छन्।

६८ पृष्ठ लामो सो दस्तावेज तयार पार्न ह्वाईट हाउसका अधिकारीहरुलाई ११ महिना लागेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com