रासायनिक कारखानामा आगलागी हुँदा सात कामदारको मृत्यु


प्रकाशित मिति : पुस ४, २०७४ मंगलबार

चीनको पूर्वी प्रान्त शानडोङमा अवस्थित एक रासायिनक कारखानामा भएको आगलागीमा परी सात व्यक्तिको मृत्यु भएको समाचार छ ।

साथै यस दुर्घटनाका कारण अन्य चारजना मजदुर घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

वेइफाङ सहरमा रहेको रसायनिक कारखानाको कार्यशालामा स्थानीय समयाअनुसार मङ्गलबार विहान नौ बजे सो आगलागी शुरु भएको स्थानीय सरकारले जानकारी दिएको छ ।

उक्त कारखानामा लागेको आगो अहिले नियन्त्रणमा आएको छ । यस आगलागी हुनुको कारण अनुसन्धानरत रहेको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com