नेपाली जनप्रगतिशील मोर्चा युएईको अध्यक्षमा काउचा


प्रकाशित मिति : पुस ४, २०७४ मंगलबार

नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन नेपाली जनप्रगतिशील मोर्चा युएईको अध्यक्षमा मनोज काउचा मगर चयन भएका छन् । गत १५ डिसेम्बरमा युएईको राजधानी अबुधाबीमा भएको चौथो अधिवेशनले काउचाको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्माण समेत गरेका छ ।

मोर्चाको नयाँ समितिको उपाध्यक्षमा कमल पोखरेल, महासचिवमा केदार लम्साल, प्रथम सचिवमा प्रेमा सुब्बा, द्वितीय सचिवमा अर्जुन खड्का, कोषाध्यक्षमा नारायण खनाल, सहकोषाध्यक्षमा दमन्ता मगर र प्रवक्तामा दिनेश नेपाल सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी, कमल तामाङ, ओम पराजुली, कैलाश खाम मगर, ज्ञानु सुनुवार, थानप्रसाद डुम्रे, नेत्र कुमार लामा, पदम महत, प्रकाश वन्जाडे, विकाश मगर, बुनु मगर, राजीव सुनुवार, सन्ध्या थापा, सविन खड्का, तिला परियार, शेरबहादुर खड्का, हरि कुँवर र नवीन अधिकारी केन्द्रीय सदस्यमा छानिएका छन् ।

शमर खत्रीको संयोजकत्वमा पृथीछक बुढा मगर, कवि गुरुङ, विष्णु भण्डारी, प्रहारसिंह तामाङ र पशुपति खड्का रहेको सल्लाहकार समिति पनि मोर्चाले सोही अधिवेशनमा गठन गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अधिवेशनको अवसरमा सामना परिवारले विविध जनवादी सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेको थियो भने विभिन्न क्षेत्रमा रही सामाजिक काममा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरुलाई प्रशंसापत्र पनि प्रदान गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com